• २२ भदौ २०८३, सोमबार
  • ११ः१७ बिहान

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन नेपाल आउदै

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार १०:२६

काठमाडौं, नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् । उनी आज विहान काठमाडौंमा आईपुग्ने बुझिइएको छ ।

National Life

नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको कार्यकाल सकिएपछि उनी भारत फिर्ता भइसकेपछि फ्रान्समा कार्यरत क्वात्रालाई भारत सरकारले नेपालका लागि राजदुत पठाएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

भारत सरकारको प्रधानमन्त्री कार्यालयमा काम गरेको अनुभव साथै सुरक्षा सल्लाहकार कार्यालयमा काम गरिसकेका क्वात्रा विशेषगरी विदेशी मामिलाका जानकारको रूपमा पनि उनलाई लिने गरिन्छ ।फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।

Classic Tech Desktop

प्रतिकृया