• २० असार २०८३, शनिबार
  • ५:३३ बेलुका

“मलाई बन्धक बनाएर लागुऔषध खुवाई बलात्कार गरियो”: डफी

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०९:२२

एजेन्सी । ग्रामी अवार्ड विजेता गायिका डफीएमीएनीडफीले आफूमाथि आक्रमणकारीले लागुऔषध खुवाएर बलात्कार गरेको खुलासा गरेकी छन् । ३५ वर्षकी बेलायती गायिका डफीले सामाजिक सञ्जाल इन्स्टाग्राम लेखेकी छन्, ‘सामान्य अवस्थामा फर्किन समय लाग्यो । कृपया मलाई विश्वास गर्नुहोस् । म अहिले ठीक र सुरक्षित छु ।’

सन् २००७ बाट ‘रकफेरी’ एल्बमबाट सांगीतिक यात्रा सुरु गरेकी उनले सोहीबाट ग्रामी अवार्ड जितेकी थिइन्। ‘मलाई बन्धक बनाएर लागुऔषध खुवाई बलात्कार गरियो । यो लेख्नुअघि मैले कयौं पटक सोचेको थिए ।

Kamana Sewa

मलाई यो कुरा बोल्न किन यत्रो समय लाग्यो भन्ने थाहा छैन । यसबारे बोल्दा सहज महसुस गरिरहेकी छु, ’उनले लेखेकी छन्, ‘मलाई के भयो र कहाँ हराएँ भनेर सबैलाई लागि रहेको होला । एक पत्रकारले मलाई सम्पर्क गरे । मैले उनलाई गत गर्मी मौसममा सबैकुरा भनेको थिए । उनी असल थिए र अन्ततः बोल्दा सहज महसुस भएको थियो ।’

Classic Tech Desktop

‘सत्य कुरो हो, कृपया मलाई विश्वास गर्नुहोस्। म अब ठीक र सुरक्षित छु। मलाई लागुऔषध खुवाएर केही दिन बन्धक बनाएर बलात्कार गरिएको थियो। तर म बाँच्न सफल भएँ । सामान्य अवस्थामा फर्कन समय लाग्यो ।

यो भन्न सहज नभएपनि म भन्न सक्छु। पछिल्लो दशकमा, हजारौं दिनहरूमा मैले घामको उज्यालो महसुस गर्न कोशिस गरें। तर, असफल रहें। अहिलेचाँहि घाम लागेको छ,’ उनले लेखेकी छन् ।

प्रतिकृया