• २० असार २०८३, शनिबार
  • ५:३३ बेलुका

कम्युनिस्ट पार्टी एक दशकसम्म नेतृत्व गर्न सक्षम छ : प्रचण्ड

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०६:३४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बाहिर हल्ला भएजस्तो बबन्डर नेकपामाभित्र नभएको बताएका छन्। राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पार्टी विघटन र विभाजन हुने अवस्था आउन नदिने धारणा राखेका छन्।

दाहालले धेरै ठूलो दुख र मुल्य चुकाएर कम्युनिस्ट पार्टीलाई देशमा अहिले यो अवस्थामा ल्याएको स्मरण गरे। उनले भने ’धेरै रगत र पसिना, करौडौं जनताको आशा र अपेक्षा जोडिएको छ।’ करौडौं जनताको भावना जोडिएको एक ढिक्का भएर नेपाल राष्ट्रको जोडिएको बताउँदै उनले कम्युनिस्ट पार्टी एक दशकसम्म नेतृत्व गर्न सक्षम रहने बताएका छन्।

Kamana Sewa

दाहालले पार्टी कमजोर हुने, विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्ने एक ढिक्का भएर अगाडि बढ्ने आग्रह गरेका छन्। उनले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको जनाएका छन्। ’पार्टी भनेको जमेको पोखरीको निलो भएर बस्ने पानी चैं किटाणु लाग्ने जस्तो होइन। पार्टी भनेको गड्गडाएर अगाडि बढ्ने जात हो।’ उनले भने, ’त्यहाँ विवाद हुन्छ, बहस हुन्छ, आदि इत्यादि हुन्छ।’

Classic Tech Desktop

कम्युनिस्ट पार्टीलाई दुस्मनले परास्त्र गर्न नसकेपनि सत्तामा गएपछि आफैँ भ्रस्टाचारमा लिप्त हुने, कुशासनतिर जाने र अहंकार बढेको बताए। उनले यो अनुभवलाई पार्टीले गम्भीरताका साथ लिदै दुबै अध्यक्षले छलफल र समिक्षा गरेर अगाडि बढ्ने धारणा राखे।

प्रतिकृया