टी–ट्वान्टी कप खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई
प्रकाशित मिति
२०७६ फाल्गुन १४ गते, बुधबार ०६:५०
काठमाडौं, एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ । प्रतियोगिताका लागि बिहिबार थाइल्याण्ड जाने नेपाली टोलीलाई आज नेपाल क्रिकेट संघ (क्यान) ले विदाई गरेको हो ।
नेपाली टोलीलाई राखेप सदस्य सचिव रमेश सिलवाल, क्यानका सचिव अशोक नाथ प्याकुरेल र कोषाध्यक्ष रोशन सिंहले विदाई गर्नुभयोे । नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ भने नेपालले अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।
क्रिकेट टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल
प्रतिकृया