• ६ असोज २०८३, मंगलबार
  • ३ः३१ दिउँसो

नेप्से परिसूचकः साढे ३ अर्बको कारोबार

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०४:१३

काठमाडौं, नेप्से परिसूचक सोमबार ६९ दशमलव ५६ अंकले वृद्धि भएको छ । यो कारोबार रकम अहिलेसम्मकै उच्च रहेको नेप्सेले जनाएको छ ।

National Life

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजारमा ३ अर्ब ६० करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो क्रममा १ सय ७८ कम्पनीका ८७ लाख ६९ हजार कित्ता सेयर कारोबारमा आए । यसअघि बिहीबार नेप्सेमा कारोबार रकमले नयाँ किर्तिमान कायम गरेको थियो । सो दिन बजारमा २ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएका थिए ।

सर्वाधिक कारोबारको कीर्तिमान कायम गरेको दिन नेप्से ४ दशमलव ८५ प्रतिशतले बढेर १५ सय ४ दशमलव १४ अंकमा पुगेको हो । अर्थमन्त्रीबाट युवराज खतिवडाको बहिर्गमन हुने हल्ला चलेपछि सेयर बजारले नयाँ रेकर्ड कायम गरेको लगानीकर्ताले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेप्से बढ्दा समूहगत परिसूचकतर्फ सबै समूह उच्च अंकले उकालो लागे । त्यसमध्ये ट्रेडिङ समू सर्वाधिक ८ दशमलव २५ प्रतिशतले बढ्दा बैंकिङ समूह पनि ७ दशमलव १५ प्रतिशतले बढ्यो । अंकका आधारमा जीवन बिमा समूह सर्वाधिक १ सय ९२ दशमलव ३६ अंकले बढ्यो ।

बजार बढेको दिन ११ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । जसमध्ये फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको छ । नेप्से घटेको दिन २५ कम्पनीको सेयर मूल्य घट्यो भने ७ कम्पनीको सेयर मूल्य यथावत् रह्यो ।

यसदिन कारोबार रकमका आधारमा एनएमबी बैंक अगाडि रह्यो । बैंकको १२ करोड रुपैयाँको सेयर मूल्य किनबेच हुँदा अरू तीन कम्पनीको पनि १० करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिकृया