कोरोनाका कारणले कोरियामा कामदार पठाउन रोक
प्रकाशित मिति
२०७६ फाल्गुन ११ गते, आईतवार ०४:३९
काठमाडौं, सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ । श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो ।
गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् । कोरियास्थित दूतावाससँग सल्लाह गरे नै उडान रोकिएको कोरिया शाखाले जनाएको छ । सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको कोरिया शाखाले बताएको छ ।
आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने बुझिइएको छ ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया