• ६ असोज २०८३, मंगलबार
  • १ः३२ दिउँसो

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलाको ८० हजार नजिक

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ११:५२

काठमाडौं । आइतबार सुनको मूल्य ८० हजारको नजिक पुगेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ७८ हजार ८ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ ।
शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आइतबार एकैदिन ७ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो ।

National Life

त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कायम छ। अहिले अन्तर्रा्ष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ । शुक्रबार अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिऔंस १६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको सुन आइतबार बढेर प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा पुगेको छ ।

अन्तर्रा्ष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ ।

प्रतिकृया