• 2:30 am

शिवरात्रीमा सहयोग : चित्रकार र कोइरालाको नेतृत्वमा स्वयंसेवक परिचालन

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ११:४०

शिवरात्रीमा सहयोग स् चित्रकार र कोइरालाको नेतृत्वमा स्वयंसेवक परिचालन
काठमाडौं । शिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन वितरण गर्ने कार्य र दर्शनार्थीहरुको लाइन व्यवस्थापन कार्यमा टीभीएस बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका मार्के्टिङ म्यानेजर नवराज कोइरालासहितको टोली खटिएको छ ।

भोजन वितरणका साथै भक्तजनहरुलाई सहज तरिकाले दर्शन गर्ने वातावरण मिलाउनका लागि कोइरालाका साथै पशुपत शान्ती भूमि नेपालका अध्यक्ष चन्द्रिका चित्रकारको नेतृत्वमा एक सय जना स्वयंसेवक खटाइएको छ ।

पशुपति क्षेत्र विकास कोषको अनुमति र सहकार्यमा फागुन ८ देखि १० गते सम्म पशुपत शान्ती भूमि नेपाल समितिले गरिरहेको निःशुल्क भोजन वितरण गर्ने कार्यक्रमलाई व्यवस्थित बनाउने कार्य भइरहेको छ ।

अध्यक्ष चित्रकारले निःशुल्क भोजनका साथै स्वयंसेवक समेत खटाएकोमा जगदम्बा मोटर्सका कोइरालालगायत सम्पूर्ण टिमलाई धन्यवाद् ज्ञापन गरेकी छिन् ।

प्रतिकृया