• ४ असोज २०८३, आइतबार
  • ९ः०३ बिहान

प्रधानमन्त्री ओलीलाई पर्खदै जन्मगाँउ

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ११:२७

काठमाडौं । आफ्नो जन्मदिनको अवसर पारेर जन्मथलो आठराई गाउँपालिका–४ इवा जान लाग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दौंतरी पर्खिरहेका छन् । ओलीले यहाँ मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रमको तयारी पूरा भएको छ ।

National Life

आठराईको सुकेपोखरीबाट ओलीको जन्मथलो इवा हुँदै जननेता भण्डारीको जन्मस्थान ढुंगेसाँघुबाट ताप्लेजुङको दोभान जोड्ने करिब एक सय किलोमिटर सडकको शिलान्यास गर्दै जन्मदिन पनि मनाउन ओली जन्मघर आउन लाग्नु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लक्ष्मण तिवारीका अनुसार उक्त सडकको सुकेपोखरी–प्रमाणी मावि खण्ड कालोपत्र यही वर्ष सुरु हुने र बाँकी खण्डको निर्माण अगाडि बढाउने तयारी छ । ओलीको जन्मघर इवामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

घिमिरेका अनुसार आठराई क्षेत्रका ७० वर्षभन्दा माथिका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि छ ।आठराईका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । जन्मघर इवाबाट प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

प्रतिकृया