• २५ भदौ २०८३, बिहीबार
  • ७ः३२ बेलुका

तपाईको दिन आज कस्तो रहने छ ? हेर्नुस् ! आजको राशिफल

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०६:५०

आज २०७६ साल फागुन ११ गते आइतबार, फागुन कृष्ण पक्ष औंसी

National Life

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
टाढिएका परिवारजनसँग भेटघाट हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्ला ।

Classic Tech Mobile
Classic Tech Desktop

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसँग भेट रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद बढ्नेछ । उपलब्धि हात पार्न नसकिएला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साथीभाईसँग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धन लाभ होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । पैसापनि फस्न सक्नेछ, तर घर व्यवहारको समस्या हल हुनेछ ।

प्रतिकृया