• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१३ बिहान

मोबाइलले निम्त्याउने ५ समस्या र उपाय

प्रकाशित मिति

२०७६ फाल्गुन १० गते, शनिबार ०२:२३

हाम्रो जीवनमा मोबाइल फोन अभिन्न हिंस्सा बनिसकेको छ । सुत्नु अघि, सतेर उठ्ने वितिक्कै, हिड्दा हरेक समय हामी मोबाइल साथ मै राख्छौँ । तत्कालै र सजिलो कम्युनिकेशनका लागि यसभन्दा उत्तम विकल्प सायद अरु केही नहोला । तर यसको अत्याधिक प्रयोगले कैयौ समस्याहरु निम्त्याउने गर्छ। तर मोबाइलको प्रयोगका क्रममा केही कुरामा ख्याल गर्दा आउन सक्ने खतराहरुबाट केही हदसम्म बच्न सकिन्छ ।

मोबाइलले निम्त्याउने ५ समस्यासँगै यसको समाधानको उपायका लागि केही जानकारीहरु रहेको छन् :

Kamana Sewa

आँखाको समस्या
विभिन्न सामाजिक सञ्जालहरु र गेमका कारण खासगरी युवाहरु मोबाइलसँग धेरै नै नजिक हुन्छन् । यसरी एकहोरो मोबाइल चलाइरहँदा उनीहरुको आँखामा सबैभन्दा बढी प्रभाव पर्ने गरेको छ । अत्याधिक समय मोबाइलमा बिताउँदा मानिसको आँखाको ज्योति विस्तारै खराब हुँदै जान्छ । साथै आँखामा आँसु आइराख्ने, धुमिलो देख्ने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समयस्याहरुले सताउने गर्छ ।

Classic Tech Desktop

उपायः यस्तो समस्याबाट बच्नका लागि मोबाइललाई आँखाबाट सकेसम्म परको दुरीमा राखेर मोबाइल चलाउने गर्नुस् । लगातार मोबाइलमा हेरिनरहनुस् । बेलाबेलामा केहीबेरका लागि स्क्रिन अफ गरेर आँखालाई रेस्ट दिनु पनि फाइदाजनक हुन्छ । साथै दुईवटा हथ्केलालाई एक आपसमा रगटेर तातो बनेको हथ्केलालाई दुबै आँखामा राख्नुस्, यसो गर्दा आँखालाई आराम मिल्छ ।

 

पीठ र गर्धनको दुखाई

मेसेजिङ तथा च्याटिङको आदतले केही समयका लागि खुसी त पक्के देला तर, यसले लामो समयको दुखाई दिन्छ । झुकेर मोबाइलमा व्यस्त रहने बानीले मानिसको पीठ तथा गर्धनमा दुखाईको समस्या निम्तिन सक्छ । सुरुवातमा गर्धनको दुखाई सुरु हुन्छ, बिस्तारै बिस्तारै पिठ्यूँमा पनि दुख्न थाल्छ । साथै ड्राइभिङ गर्दैगर्दा फोनमा एकसाईड झुकेर मोबाइल चलाउनु खतरनाक सावित हुनसक्छ ।

उपायः मोबाइल चलाउँदैगर्दा आफ्नो गर्धनलाई सिधा राख्ने बानी बसाल्नुस् । व्यस्त हुनहुन्छ भने मोबाइलमा ध्यान नदिनुस् । साथै फोनमा कुराकानीका दौरान एयरफोनको प्रयोग गर्दा पनि केही हदसम्म सुरक्षित हुन सकिन्छ । यसले गर्धनलाई सीधा राख्नराख्न मद्दत गर्छ ।

 

औंलाको दुखाई

टचस्क्रिन फोन होस् वा किबोर्डवाला दुबैमा औंलाको प्रयोग आवश्यक छ । अत्याधिक मोबाइल चलाउँदा औंलामा पनि समस्या देखिन सक्छ । केही समयअघि एउट समाचार पनि आएको थियो, मोबाइल गेम क्याण्डीक्रसको लत बसेका एक युवकको मोबाइलको अत्याधिक प्रयोगका कारण औंलाको क्यान्सर नै भयो । साथै मोबाइलको अत्याधिक प्रयोगले औंलाको छाला पनि कडा बन्नसक्छ ।

उपायः मोबाइल चलाउँदै गर्दा केही समय औंलालाई पनि आराम दिनुस् । साथै समय(समयमा औंलाको एक्सरसाईज पनि उपयोगी हुनसक्छ ।

 

निद्रा नलाग्ने बिमारी
मोबाइल फोनको अत्याधिक प्रयोगले सबैभन्दा बढी असर निद्रामा पर्छ । रातको समयमा घण्टौंसम्म फोनमा कुरा गर्दा तथा च्याटमा व्यस्त रहँदा मानिसहरुले निद्रालाई उपेक्षा गर्छन् । कम्तिमा पनि दैनिक ६(८ घण्टा निदाउनु मानिस शरीरका लागि अत्यावश्यक हुन्छ । तर, मोबाइलले निदाउने समयको कटौती गरिदिन्छ । जसका कारण निद्रासम्बन्धी बिमारीले गाँज्न सक्छ । यसले चिडचिडाहट, डिप्रेसनजस्ता समस्याको समेत सिकार बनाउन सक्छ ।

उपायः रातिको समयमा धेरै मोबाइल नचलाउनुस् । साथै मोबाइल फोनलाई साइलेन्टमा राख्ने गर्नुस्, ता कि अनावश्यक रिंगले तपाईंको निद्रा खराब नगरोस् ।

 

नोमोफोबियाको शिकार

नोमोफोबिया बिलकुल अलग प्रकारको फोबिया हो । यस्तो अवस्थामा मोबाइलको पासमा नरहँदा पनि बारम्मर मोबाइलको रिंगटोन तथा मेसेज टोनको आभास हुनसक्छ । एकछिन मोबाइलबाट टाढा हुँदा पनि माइन्ड एकदमै डिस्ट्रब हुने समस्या हुन्छ । यसले दिमागमा असर पुर्याउँछ । साथै स्मरणशक्ति कम हुने खतरा पनि बढ्छ ।

उपायः यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको अत्याधिक मोबाइलमा नजुन्डिने नै हो । साथै मेडिटेशन तथा स्वासको एक्सरसाईज पनि यसलाई कन्ट्रोल गर्नका लागि उपयोगी सावित हुनेछ ।

प्रतिकृया