निर्मला हत्याकाण्ड मेरो प्राथमिकता होः आईजीपी ज्ञवाली
प्रकाशित मिति
२०७६ फाल्गुन ७ गते, बुधबार १२:४९
काठमाडौं, प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डेढ वर्ष पहिले भएको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना सुल्झाउनु आफ्नो कार्यकालको प्राथमिकता भएको बताउनुभयो । डेढ वर्ष पहिलेको घटनालाई निरन्तर अनुसन्धान गर्नका लागि उहाँले फाइल अध्ययन शुरू गरिसक्नु भएको बताउनुभएको छ ।

निर्मला हत्याकाण्ड सुल्झाउन सके प्रहरीलाई हेर्ने आमनागरिकको दृष्टिकोण नै बदल्न सकिने ईजीपी ज्ञवालीको विश्वास लिनु भएको छ । मुद्दाको अनुसन्धानलाई तीव्रता दिन नसकेको उल्लेख गर्दे उहाँले बताउनुभयो, ‘ छोटो समयमा मुद्दाको अनुसन्धानलाई तार्किक निष्कर्षमा पुर्याउन सकेका छैनौं’
उहाँले अनुसन्धान भनेको टाइमलाइन दिएर गर्ने विषय नभएको तर निन्तर चल्ने प्रक्रिया भएकोले यस घटनाको अनुसन्धान पनि निरन्तर हुने बताउनुभयो । कुनै न कुनै दिन यसको परिणाम आउने उहाँले आफ्नै पालामा यसको परिणाम आओस् भन्ने प्रयत्न समेत गर्ने बताउनुभयो ।

त्यतिबेला जुन एउटा स्वभाविक अनुसन्धान पद्धति अगाडि बढ्नुपर्थ्यो, त्यो हुन नसकेको उल्लेख गर्दै उनले प्रहरीले त्यसो गर्न नसकेको स्वीकार गदै भन्नुभयो “त्यसका पनि कारण छन्। अनुसन्धानमा लाग्नुपर्ने प्रहरी शान्तिसुरक्षा कायम गर्नतिर लाग्नुपर्यो, किनभने त्यहीबेला ध्वंसात्मक क्रियाकलाप भए।’
उहाँले थप्नुभयो, ‘म भर्खरै आएकाले अहिले नै सबै भन्न सक्दिनँ। पहिले अनुसन्धानका फाइलहरू हेर्नुपर्ने हुन्छ। अहिले हेर्न थालेको छु। यसको फाइल अध्ययनलाई मैले प्राथमिकतामा राखेको छु। अध्ययनपछि अब कसरी जाने भन्ने निर्क्योल हुन्छ।’



प्रतिकृया