बेजोस जलवायु परिवर्तनको विषयमा गम्भीर, १० बिलियन डलर खर्च गर्दै
प्रकाशित मिति
२०७६ फाल्गुन ७ गते, बुधबार ०९:१०
एजेन्सी । अमेजनका सिइओ जेफ बेजोसले सोमबार आफूले बेजोस अर्थ फन्ड सुरुवात गर्न लागेको जानकारी दिएका छन् । उनले यो कोषमा आफूले सुरुमा नै १० बिलियन डलर खर्च गर्ने पनि बताएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति बेजोसले इन्स्टाग्राममा यो कुरा लेखेका हुन् ।

‘म अहिले नै १० बिलियन डलर राख्दैछु र यो कोषलाई अगाडि बढाउन खोजिरहेको छु,’ बेजोसले भनेका छन् , ‘पृथ्वी एउटा कुरा मात्र हो जो हामी सबैका लागि छ । यसलाई सँगै मिलेर बचाऔँ ।’
बेजोसले जलवायु परिवर्तनको विषयमा आफू गम्भीर भएको पनि बताएका छन् । पछिल्ला वर्षहरुमा पृथ्वीको बढ्दो तापक्रमविरुद्ध काम गर्न आफू तयार भएको उनले लेखेका छन् ।

केही दिनअघिमात्र अमेजनका कर्मचारीहरुले आफूहरु असुरक्षित महसुस गरेको भन्दै आन्दोलन गरेका थिए । उनीहरुले विश्वमा देखिएका परिवर्तनका लागि अमेजन पनि जिम्मेवार हुनु पर्ने भन्दै आन्दोलन गरेका थिए ।
Related
Recent News
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया