अब बँदेललाई अनुज्ञापत्रविनै मार्न पाउने
प्रकाशित मिति
२०७६ फाल्गुन ५ गते, सोमबार ०७:४७
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ । हानिकारक जनावर घोषणा गरिएसँगै अब बँदेललाई स्थानीयले मार्नसम्म पाउने भएका छन् ।
मन्त्रालयले जंगली बँदेललाई ०७६/०७७ सम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो। बँदेल नेपालका प्रायः सबैजसो जिल्लामा पाइन्छ । बँदेललाई मन्त्रालयले अनुज्ञापत्रविनै धपाउन, पक्रन वा मार्न सकिने निर्णय गरेको छ ।
मन्त्रालयका सहसचिव डा.सिन्धुप्रसाद ढुंगानाले भने, ‘किसानको बालीमा हानी गरेकाले यसलाई मार्न सक्ने गरी हानिकारक बन्यजन्तु घोषणा गरेका हौँ । ’
हानिकारक जनावर घोषणा गरेर मार्न अनुमति दिएसँगै कृषि बालीमा हानी नपुर्याउने बँदेल पनि जोखिममा पर्ने सम्भावना बढेको छ । बँदेलबाहेक बाँदर, चितुवा, नीलगाई, हात्तीलगायत जन्तुले कृषि बालीमा हानी पुर्याएको भनेर उजुरी आएको ढुंगानाले बताए । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन् ।






प्रतिकृया