• २४ भदौ २०८३, बुधबार
  • १२ः५१ दिउँसो

नेपालमा बुधबार बिहानैदेखि पश्चिमी वायु प्रवेश गर्दै

प्रकाशित मिति

२०७६ फाल्गुन ५ गते, सोमबार ०७:५७

केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्नेछ ।

National Life

‘यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पछि नै अनुमान गर्न सकिनेछ,’ नेपालखबरसँग मौसमविद् नगरकोटीले भनिन् , ‘त्यही दिन (बुधबार) चाहिँ देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ ।’ उनका अनुसार मौसम बदली भने देशभरै गराउनेछ ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने भएकाले बुधबारपछिको अवस्था पछि नै भन्न सकिने मौसमविद् नगरकोटीले बताइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच आज (सोमबार) पनि मध्य तथा पूर्वी पहाडका आइसुलेटेड (निश्चित एक र दुई ठाउँ) स्थानमा हल्का वर्षा हुने सम्भावना छ । आजको सम्भावित वर्षाचाहिँ नेपालको स्थानीय वायुबाट विकसित प्रणालीको प्रभावले हुने हो ।

प्रतिकृया