ट्रम्पले संसारकै ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने
प्रकाशित मिति
२०७६ फाल्गुन ५ गते, सोमबार ०७:३४
एजेन्सी । भारतको अहमदाबादस्थित मोटेरामा संसारकै सर्वा्धिक ठूलो क्रिकेट रंगशालाको निर्माण भई रहेको छ । उक्त स्टेडियमको उद्घाटन अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट गराउने तयारीमा भारत रहेको छ ।
सन् २०१७ बाट निर्माण सुरु भएको उक्त मैदानको क्षमता १ लाख १० हजार दर्शक अट्ने रहेको छ । उक्त स्टेडियम निर्माण खर्च १ सय मिलियन डलर रहेको छ । हाल अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा विश्वकै सर्वा्धिक क्षमता रहेको छ । जसको क्षमता १ लाख दर्शक अट्ने रहेको छ ।

संसारकै ठूलो उक्त स्टेडियमको उद्घाटन ट्रम्पले भारत भ्रमणको बेला गर्ने बुझिएको छ । ह्वाइट हाउसका अनुसार ट्रम्प र श्रीमती मेलानिया ट्रम्पले फागुन १२ र १३ मा नयाँ दिल्लीमा भ्रमण गर्दै छन् । मोटेरामा निर्माणधिन उक्त क्रिकेट स्टेडियम गुजरात क्रिकेट एसोसियसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो परियोजना हो ।
उक्त स्टेडियमको गुजरात क्रिकेट एसोसिएशन भव्य उद्घाटन गर्ने तयारी गरिरहेको छ । त्यस अवसरमा उक्त स्टेडियममा एसिया ११ र विश्व ११ बीच च्यारिटी क्रिकेट खेल हुने छ ।






प्रतिकृया