• ३१ भदौ २०८३, बुधबार
  • ११ः५८ राती

‘बिग बोस १३’को उपाधि सिद्धार्थ शुक्लालाई

प्रकाशित मिति

२०७६ फाल्गुन ४ गते, आईतवार १२:३८

काठमाडौँ, सिद्धार्थ शुक्लाले ‘बिग बोस १३’को उपाधि जितेका छन् । चार महिना चलेको रियालिटी शो उनले जितेका छन् । शुल्लाले ५० लाख भारु र एउटा कार जितेका छन् । शोको फाइनलमा ६ प्रतिस्पर्धी पुगेका थिए । सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा ।

National Life

ग्रान्ड फिनालेमा सबैभन्दा पहिले पारस छाबडा बाहिरिए । उनले १० लाख भारु लिएर बिजेताको प्रतिस्पर्धाबाट आफूलाई अलग्गयाए । त्यसपछि जनताको भोटको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल उक्त रेसबाट बाहिरिए ।

फाइनलमा सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा चलेको थियो । अन्त्यमा सिद्धार्थ शुक्लाले सबैलाई पछि पार्दैै कार्यक्रमको उपाधि जिते ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया