• १९ भदौ २०८३, शुक्रबार
  • १ः१८ राती

कोरोनाभाइरसः स्वास्थ्यकर्मीको मास्कले बिगारेको अनुहार (फोटोफिचर)

प्रकाशित मिति

२०७६ फाल्गुन १ गते, बिहीबार ०३:१०

एजेन्सी, नोवेल कोरोनाभाइरसले चीनसहित विश्वभर त्रासको वातावरण सृजना भएको छ । चीनको हुबेइ प्रान्तस्थित वुहान सहरबाट संक्रमण फैलिएको कोरोनाभाइरसले हालसम्म चीनमा १,३५० जनाको ज्यान लिइसकेको छ भने करिब ६० हजार संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनले यसलाई कोभिड–१९ नाम दिइएको छ ।

Kamana Sewa

यसबाट बच्न विशेषगरी मास्क लगाउनु पर्ने हुन्छ । संक्रमित तथा संक्रमणको आशंका गरिएकाहरुको उपचारमा दिनरात खटेका चिकित्सकसहित स्वास्थ्यकर्मीले चौविसै घण्टा मास्क लगाउँदा अनुहारमा खाउचोट लागेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेका ति तस्विरमा स्वास्थ्यकर्मीको अनुहारमा चोट लागेको देखिन्छ । उनीहरु थकित र गलित भाव झल्कने अनुहारमा लागेको खाउले झनै चिन्तित देखिएका छन् ।

Classic Tech Desktop

डब्लूएचओले कोरोनाभाइरसका कारण विश्वभर स्वास्थ्य संकटकालको घोषणासमेत गरेको छ । कोरोनाभाइरसको हालसम्म भ्याक्सिन तथा औषधि पत्ता नलागेकाले उपचारमा कठिनाइ आइरहेको छ ।

प्रतिकृया