• २० भदौ २०८३, शनिबार
  • ५ः२३ बिहान

लागूऔषध सहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन १ गते, बिहीबार ०३:५३

काठमाडौं, विभिन्न स्थानबाट अबैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका ३२ बर्षीय हरिकृक्ष्ण कार्की र ईटहरीका २६ वर्षीय ज्ञानेन्द्र चौधरी रहेका छन् ।

National Life

कार्कीलाई नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा खरीद बिक्री, ओसारपसार, सञ्चय तथा सेवन समेत गर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

Classic Tech Desktop

कार्कीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी बिराटनगर महानगरपालिका–१२ आईतबारेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ ट्याब्लेट, एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुप्रिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र सिरिन्ज ३ थान सहित सुनसरी ईटहरी उपमहानगरपालिका–१० बस्ने चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया