• २१ भदौ २०८३, आइतबार
  • ७ः४० बिहान

नापी कार्यालयका कर्मचारी विरुद्ध अदालतमा मुद्धा दायर

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार १०:०५

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत सर्भेक्षक रामनरेश पासवान विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार विशेष अदालतमा उनी विरुद्ध मुद्धा दायर भएको हो ।

National Life

उनलाई जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी उक्त रकम घुस लिएको तथ्य निर्विवाद पुष्टि भएको आयोगले आरोप लगाएको छ ।

प्रतिकृया