• २० भदौ २०८३, शनिबार
  • ४ः५८ बिहान

कोरोना भाइरसबारे सुरुमा जानकारी दिने डाक्टरको निधन

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०९:३३

एजेन्सी, कोरोना भाइरसको बारेमा सुरुमै जानकारी दिने चिनियाँ डाक्टर ली वेनलियाङको सोही भाइरसका कारण निधन भएको छ । ३४ वर्षीय लीको बिहीबार निधन भएको हो।

National Life

गत डिसेम्बर ३० मा आफ्ना डाक्टर साथीहरूलाई सार्सजस्तै एक किसिमको रोग देखिएको भनी सन्देश पठाएका थिए । उनले सो सन्देशमा आफ्ना साथीहरूलाई त्यो एक सरुवा रोग भएकाले सबैलाई सुरक्षित कपडा लगाएरमात्र उपचार गर्न सुझाव दिएका थिए।

चार दिनपछि चीनको पब्लिक सेक्युरिटी ब्युरोले उनलाई अफवाह फैलाएर समाजमा त्रास फैलाएको भन्दै एउटा कागजमा हस्ताक्षर गर्न लगायो। स्थानीय निकायले अफवाह फैलाएको आरोप लगाएका ८ जनामध्येकै एक थिए ली। कोरोना भाइरसले महामारीको रुप लिएपछि स्थानीय निकायले उनीसँग माफीसमेत मागेको थियो।

Classic Tech Desktop

गत जनवरीको अन्तिम सातातिर भिभो नामक सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए । सो भिडियोमा जनवरी १० देखि सार्सजस्तै एक किसिमको भाइरसबाट आफू पीडित भएको र त्यसको २ दिनपछि अस्पताल भर्ना हुनुपरेको बताएका थिए।

उनी कोरोना भाइरसबाट संक्रमित भएको कुरा फेब्रुअरी २ मा पुष्टि भएको थियो। अहिले चीनका विभिन्न सामाजिक सञ्जालमा उनको मृत्युलाई लिएर दुख प्रकट गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेको छ।

कोरोना भाइरसका कारण बिहिबार विहानसम्म ५६० मानिसको ज्यान गइसकेको छ । २८ हजार मानिस संक्रमित भएका छन् । सँसारका २५ भन्दा बढी देशहरुमा कोरोना भाइरसका विरामी देखिएका छन् ।

प्रतिकृया