बोहोरापछि सुसन भारीको एकदिवसीय अन्तराष्ट्रियमा शानदार डेब्यु, लिए २ विकेट
प्रकाशित मिति
२०७६ माघ २२ गते, बुधबार ११:४०
काठमाडौं। घरेलु मैदानमा ओमानविरुद्ध पहिलो एकदिवसीय अन्तराष्ट्रिय नेपालका दुई युवा बलरका लागि खास थियो। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालबाट दुई युवा बलर अभिनाश बोहोरा र सुसन भारीले डेब्यू गर्दै थिए।
आजको खेलमा यी दुबै युवा बलरले आफ्नो डेब्यू खेललाई उत्कृष्ट प्रदर्शन गर्दै शानदार साबित गरेका छन्। अभिनाश बोहोराले नेपाललाई तेस्रो विकेट सफलता दिलाए भने आफ्नो करिअरको पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय विकेट हात पारे। उनले १२ औं ओभरको दोस्रो बलमा विकेट लिएका हुन्। यस्तै सुसन भारीले पनि नेपाललाई महत्वपूर्ण दुई विकेट लिए। उनले जिसन मकसुतलाई एलबिडब्लु गरे भने सुरजकुमारलाई क्याच आउट गरे।

योसँगै नेपाललाई सुसन भारी र करण केसीले समान दुई/दुई विकेट दिलाएका छन्। खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। लिग २ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २/२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्। लिग २ को सिजिज प्रतियोगिता भनेको सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका पनि हो। जसमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्। टोलीका शीर्ष ३ टोली सोझैं विश्वकप छनोट चरणमा पुग्नेछन्। समुहमा अहिलेसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा छ। नेपालको भने सिरिजमा यो पहिलो खेल हो।



प्रतिकृया