• २ असोज २०८३, शुक्रबार
  • ८ः११ राती

आजको शेयरबजार: १ अर्व ५७ करोड बढीको कारोबार

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ०४:३५

काठमाडौं, मंगलबार शेयरबजार नेप्से १२.०९ अंकले घटेर परिसूचक १३३७.०४ अंकमा पुगेको छ । १ सय ७६ कम्पनीका ४९ लाख ४९ हजार १५ कित्ताशेयर १७ हजार ५ सय ६० पटकको कारोबारबाट १ अर्व ५७ करोड १ लाख ६६ हजार १ सय ६३ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९२ अंकले घटेर २८४.९९ अंकमा पुगेर बन्द भएको छ ।

National Life

मंगलबार कारोबार भएका १२ समूहमध्ये ८ वटाको सूचक ओरालो लागेको छ । विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य समूहको परिसूचकबाहेक सबै सूचक ओरालो लागेको छ । विकास बैंक ५.०१, वित्त ०.६३, निर्जीवन बीमा २८.७९ र अन्य समूहको परिसूचक ०.९ अंकले उकालो लागेको छ भने जीवन बीमा समूह ७६.६१, होटल ७४.२३, लघुवित्त २२.८८, जलविद्युत १६.४८, बैंकिङ १३.९८, उत्पादन तथा प्रशोधन समूह ११.५५, व्यापार ७.७२ र म्युचुअल फण्ड समूह ०.१४ अंकले ओरालो लागेका छन । मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड ७० लाख बढीको शेयर कारोबार भएको छ । शेयर कारोबारका आधारमा भने नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

मंगलबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतले कमाउँदा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ५.२३ प्रतिशतले गुमाएका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया