• १९ भदौ २०८३, शुक्रबार
  • १ः२१ राती

आउदो वर्ष नेपाललाई विकासउन्मुख राष्ट्र घोषणा गरिनेः संसाद बस्नेत

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०३:१०

भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा कार्यालयबाट घोरसाईने गाउँ जाने ८ मिटर चौडा सडक खण्डको विस्तारका लागि तीन करोडको लागतमा कालोपत्र गर्न शिलान्यास गरिएको छ । नेकपाका केन्द्रिय सदस्य,राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले आज उक्त कार्यक्रममा सो सडक खण्डको शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै संसाद बस्नेतले आउदो वर्षमा नेपाललाई विकासउन्मुख राष्ट्र घोषणा गर्ने बताउनु भयो । सरकारले काम नगरेको जनताको गुनासो गलत रहेको बताउँदै उहाँले स्थानीय स्तरमा विकास निर्माणको बजेत सरकारबाट नभई स्थानीय सरकार वा प्रदेश सरकारबाट आएको जनमानसमा रहेको छ तर त्यो बजेट सरकारले नै स्थानीय र प्रदेश सरकारलाई दिएको जनताले नबुझेको बताउनुभयो ।

Kamana Sewa

कार्यक्रममा नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, जि.स.स प्रमुख नवराज गेलाल, वडा अध्यक्ष परासर सापकोटालगायतका स्थानीयबसी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

 

प्रतिकृया