• ४ साउन २०८३, सोमबार
  • ७:०१ बेलुका

ल्यापटप किन्दै हुनुहुन्छ ? यि कुरामा ध्यान दिनुहोस !

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ११:४७

यदि तपाई ल्यापटप खरिद गर्ने सोंचमा हुनुहुन्छ भने केहि प्राविधिक ज्ञान भएमा उचित हुन्छ, कतिपय अवस्थामा प्राविधिक ज्ञान नभएका कारण हामीले खोजेजस्तो तथा सोंचेजस्तो ल्यापटप नपाइन सक्छ । ल्यापटप खरिद गर्दा केहि ध्यान दिनुपर्ने कुराहरु निम्नानुसार रहेका छन् ।

बजेट
साधारतया ल्यापटप न्यूनतम २५ हजार र महँगोमा तिनका विशेषता र फास्ट पुर्जाहरू थपिएमा दुई( तिन लाखसम्म पनि पर्न सक्छ । नेरु ३० हजारसम्ममा क्रोमबुक, साना र स्लो विन्डोज ल्यापटपहरू खरिद गर्न सकिन्छ । जति ल्यापटपको मूल्य बढि हुन्छ उति त्यसको प्रोसेसरको स्पिड, डिस्प्लेको गुणस्तर र र्यामको साइजपनि बढि हुन्छ । नेरु १ लाखभन्दा बढी पर्ने ल्यापटपहरू खरिद गर्न सकेमा निकै नै स्लिम र फास्ट किसिमका ल्यापटपहरु खरिद गर्न सकिन्छ । आफूसँग भएको बजेटको आधारमा कस्ता किसिमका ल्यापटप खरिद गर्ने भन्ने कुरा निर्धारण हुन्छ ।

Kamana Sewa

र्याम कति छ ?
ल्यापटप खरिद गर्दा अर्का ध्यान दिनुपर्ने कुरा भनेको र्याम पनिहो । आफूले कस्तो काम गर्ने हो ल्यापटपमा त्यहि अनुसार कति जीबी भएको ल्यापटप खरिद गर्ने भन्ने कुरामा विशेष ध्यानदिनु पर्दछ । सिमित बजेट छ र खरिद गर्न लागिएको ल्यापटपमा र्याम अपग्रेड गर्न मिल्छ भने आफ्नो बजेट अनुसारको र्यामको साइजभएको ल्यापटप खरिद गरि पछि आवश्यकताअनुसार अपग्रेड गर्दा पनि हुन्छ तर यदितपाईंले खरिद गर्न लागेको ल्यापटपमा र्याम अपग्रेड गर्न मिल्दैन भने सुरु मा नै आफूलाई चाहिए अनुसारको र्याम भएको ल्यापटप खरिद गर्नु उपयुक्त हुन्छ ।

Classic Tech Desktop

इन्टरनेट मात्र चलाउनका लागिमात्र पनि ४ जीबी र्याम भएको ल्यापटप स्लो हुने गर्छ जसका कारण वर्तमान समयमा ८ जीबी र्याम लगभगअनिवार्य जस्तो बनेको छ । अफिस कार्यकालागि ८ जीबी र्याम, गेमिंगका लागि ८ वा १६ जीबी र्याम र , भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदि जस्ता कामहरूकालागि १६ जीबी र्याम उचित हुन्छ । तसर्थ ल्यापटप खरिद गर्ने समयमा नै र्याम अपग्रेड गर्न मिल्छ कि मिल्दैन र आफ्नो कामको आवश्यकताअनुसार ४, ८ वा १६ जीबी चाँहिने सो कुरालाई मध्यनजर गर्नुपर्ने हुन्छ ।

प्रोसेसर
ल्यापटप वा कम्प्युटरको काम नियन्त्रण गर्ने काम प्रोसेसरले गर्दछ । यसकारण ल्यापटप वा कम्प्युटरमा सबै भन्दा महत्त्वपूर्ण कुरा नै उक्त ल्यापटप वा कम्प्युटरको प्रोसेसर हो । ल्यापटप वा कम्प्युटर कति फास्ट गर्ने त्यो प्रोसेसरले निर्धारण गर्दछ । जतिशक्तिशाली र फास्ट प्रोसेसर, त्यत्ति नै फास्ट कम्प्युटर । इन्टेल र एएमडीले हरेक वर्ष कम्प्युटर र ल्यापटपका लागि नयाँ र अपडेट गरेको प्रोसेसर रिलिज गर्छन् र मूख्यतया हालसम्म बजारमा यि दुई कम्पनीले नै यसको उत्पादन गरिरहेका छन ।
विशेषतः भिडियो हेर्न, नेट चलाउनवाअफिस सम्बन्धिकामहरु गर्नलाई फास्ट प्रोसेसरको आवश्यकता पर्दैन तर गेम खेल्न, भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदि जस्ता कामहरू गर्नका लागि शक्तिशाली प्रोसेसरको निकै आवश्यकता हुन्छ ।

एसएसडी भएको ल्यापटप किन्नु उचित
बजारमा विभिन्न किसिमका एसएसडीहरु पाउन सकिन्छ । साधारण हार्ड डिस्कको तुलनामा एसएसडीहरु १० गुणाभन्दा बढी फास्ट हुन्छन् । त्यति मात्र होइन अझ महंगा एसएसडीहरु हार्ड डिस्कभन्दा ३० गुणासम्म पनि फास्ट हुने गर्दछन् । ल्यापटपलाई फास्ट बनाउनका लागि एसएसडीको प्रयोग गर्ने गरिन्छ ।

शक्तिशाली कि पोर्टेबल
पोर्टेबल ल्यापटपहरुमा प्रायजसो तुलनात्मक रुपमा कम वाटको स्लो प्रोसेसर हुनेगर्छ भने शक्तिशाली ल्यापटहरुमा फास्ट प्रोसेसर र ग्राफिक कार्ड भएको हुनाले मोटा, ठूला र बोकेर हिड्न अफ्ठ्यारो हुने गर्दछन् । शक्तिशाली वा पोर्टेबल ल्यापटप भन्ने कुरालाई पहिले नै विचार पुर्याउन पर्ने हुन्छ तर शक्तिशाली र पोर्टेबल दुबै भएको ल्यापटप पनि खरिद गर्न पाइन्छ जुन तुलनात्मक रुपमा अरु साधारण ल्यापटप भन्दा निकै नै महगां हुन्छन् ।

ग्राफिक कार्ड भएको कि नभएको ?
क्यान्डी क्रस, एसफाल्ट नाइन, पबजी मोबाइल भर्सन जस्ता गेमहरु खेल्ने विचारमा छ भने ग्राफिक कार्ड भएको ल्यापटपको त्यति आवश्यकता पर्दैन यी साना र पुराना गेमहरु ग्राफिक कार्ड नभएको ल्यापटपमा पनि चल्नसक्छ तर नयाँ गेम खेल्नका लागि, भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदिका लागि भने ग्राफिक कार्ड भएको ल्यापटप खरिद गर्नु उचित हुन्छ ।

प्रतिकृया