• ८ असोज २०८३, बिहीबार
  • ९ः५६ राती

भक्तपुरः बालिका अपहरण गरी १६ लाख फिरौती माग

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०७:००

भक्तपुर। भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरण भएको छ ।

National Life

अपहरणमा संलग्न भएको एक जना पक्राउ परेका छन् । २० वर्षीया आशिष थापा नाम रहेको लालबन्दी–५ घर, हाल बोडेमा बस्दै आएको पक्राउ परेका छन् ।

अपहरण भएको ५ घन्टापछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, थिमीको टोलीले पक्राउ गरेको हो ।
थिमी स्थित भाटभटेनीमा थापाले फिरौती रकम ल्याउन भनेको जानकारी आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आइतबार दिउँसो मोटरसाइकलमा राखेर राउतलाई लगिएको सूचना प्राप्त भएलगत्तै खोजीमा प्रहरी परिचालित भएको थियो ।

प्रतिकृया