माग्रेनबाट राहत पाउँन दूधमा तुलसीको पात उमालेर पिउँनुस्
प्रकाशित मिति
२०७६ माघ १८ गते, शनिबार ०३:४७
घरयासी औसधीमा उत्तमःदूध र तुलसीको पात
औषधीय गुण भएको वनस्पति तुलसीलाई हरेक रोगको औषाधि मानिन्छ । तुलसीलाई आयुर्वेदमा समेत विभिन्न रोगको अचुक औषधिका रुपमा मानिएको छ । चिकित्सकका अनुसार समेत तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ भनेर पुष्टि भइसकेको छ ।

तुलसीका सबै भाग जरा, हाँगा, पात, फूल, बीउ उत्तिकै फलदायी छ । यसले भोक जगाउने, रुची जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने काम गर्छ । यस्को फाइदाहरु धेरै छ । त्यस मध्य केही फाइदाहरु यस प्रकार छन् ।

हृदय रोगका लागिः दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।
पत्थरीको समस्याका लागिः यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमा पिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।
रोग प्रतिरोधात्मक क्षमताः तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।
दम रोगमा फाइदाः यदि तपाई श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभ दायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।
माइग्रेनमा राहतः दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।
तनाव वा डिप्रेसनमाः यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जुन निकै लाभदायक सावित भएको छ। तनाव एवं चिन्ता कम गर्न निकै ठुलो सहयोग गर्छ । त्यसैले डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुने चिकित्सकले बताएका छन् ।




प्रतिकृया