• २० भदौ २०८३, शनिबार
  • ७ः२८ बिहान

अर्गानिक कृषि मेला २०७६ः देशलाई अर्गानिक उत्पादनको केन्द्र बनाउने उद्देश्य

प्रकाशित मिति

२०७६ माघ १८ गते, शनिबार ०३:१९

ललितपुर । २०७६ साल शुक्रबारबाट अर्गानिक कृषिको चौंथो मेला पाटन संग्राहलयमा शुरु भएको छ । माघ १७ बाट २० सम्म मेला हुने धएको छ । उल्लेख्य संख्यामा कृषक देखि यस क्षेत्रमा चासो दिनेहरु मेलामा पुगेका छन् । देशलाई अर्गानिक उत्पादनको केन्द्र बनाउने उद्देश्यले अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजघां टि स्टेट एण्ड रिसर्ज सेन्टरको संयुक्त आयोजनामा शुरु भएको मेलामा अर्गानिक कृषि उत्पादनको प्रदर्शन गरिएको छ ।

National Life

मेला उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले नेपाललाई अर्गानिक राष्ट्र घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुगडले नेपाल प्राकृतिक रुपमा अर्गानिक देश भएता पनि पछिल्लो समय सजिलो जीवन यापन र धेरै उत्पादन गर्ने होडबाजीका कारण बिदाषीको प्रयोग भएता पनि मानविय स्वास्थ्यका लागि हानिकारक कृषि उत्पादनलाई निरुत्साहित गर्नु पर्ने बताउनुभयो ।

देशलाई बिषादी रहित कृषि उत्पादनमा लगाउने प्रयास भइरहेका बेला राजधानीको ललितपुर स्थीत पाटन संग्राहलयमा शुरु भएको अर्गानिक कृषि मेलाले नेपाली अर्गानिक कृषि उत्पादनलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने राज्यमन्त्री दुगडले बताउनुभयो।

Classic Tech Desktop

अर्गानिक उत्पादनका स्टलहरु ५० भन्दा बढी अर्गानिक मेलामा राखिएका छ । बिश्व बजारमा अत्याधिक माग रहेको नेपालका अर्गानिक उपजको उत्पादन गर्न सके बजारीकरणको समस्या नभएको अर्गानिक एशोशिएन नेपालका अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले बताउनुभयो।

नेपालमा नै उत्पादन भएको अर्गानिक चिया, मह, तरकारी, हस्तकला जस्ता सामाग्रीहरु मेलामा राखिएको छ । नेपाली आर्गनिक उत्पादनका बारेमा जनचेतना जगाउन र बजार प्रबद्र्धनका लागि मेलाको आयोजना गरिएको मेला मुल आयोजक समितिका संयोजक शान्ता बाँस्कोटा कोइरालाले बताउनुभयो ।

स्वास्थ जीवन शैलीका लागि अपरिहार्य बन्दै गएको छ । आम नागरिकको स्वास्थमा अर्गानिक उत्पादनका कृषि उपजहरुको प्रयोगले सकरात्मक प्रभाव पार्ने छन् । त्यसैले बजार प्रबद्र्धनमा सबैको सहयोग आवश्यक भएको मेलामा सहभागिहरुले बताए ।

प्रतिकृया