समाजका मनोविज्ञान सहि बाटोमा लैजान संगीत महत्वपुर्णः मन्त्री अर्याल
प्रकाशित मिति
२०७६ माघ १८ गते, शनिबार ०३:०६
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सहि बाटोमा लैजानका निम्ति सङ्गितको ठूलो भूमिका खेल्ने बतउनुभएको छ । कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति संग्रह म हु सुन्दर नेपालुको लोकार्पण गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

जे चिज प्राप्त गर्न पनि संघर्ष गर्नुपर्ने भन्दै उहाँले हरेक क्षेत्रमा प्रतिस्पर्धा गरेर मात्र स्थापित हुन सकिने बताउनुभयो । सबै क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्छ । संघर्ष गर्ने क्रममा अनेकौ बाधा, अवरोधहरु पनि झेल्नुपर्दछु, मन्त्री अर्यालले भन्नुभयो ।
स्याङ्जा जिल्ला कला र संस्कृतिको खानी भएको भन्दै उहाँले गण्डकी प्रदेशलाई लोक संस्कृतिको खानी घोषणा गर्न तयार रहेको समेत बताउनुभयो । आफ्नो मेहनतले पहिचान बनाएका व्यक्तित्वलाई संरक्षण गर्न सकेमा राष्ट्रका निम्ति ठूलो सम्पत्ति हुने मन्त्री अर्यालको धारणा थियो ।

देशमा भएका ठूला परिवर्तनका निम्ति पनि सङ्गितको ठूलो भूमिका रहेको उल्लेख गर्दै उहाँले अब हरेक क्षेत्रलाई प्रतिस्पर्धी बनाउदै लैजान जरुरी रहेको बताउनुभयो । कला, संस्कृतिमा लागेका युवाहरुको संक्षण गर्नुपर्ने उहाँको भनाइ थियो। देशभक्ति भावले ओतप्रोत गीतहरुले राष्ट्रप्रति एकजुट हुन भूमिका खेल्ने बताउनुभयो । राष्ट्र र राष्ट्रियताका बारेमा विश्लेषणात्मक ढंगले विवेचना गर्दा थोरै मान्छेले मात्र रुचिपूर्वक सुन्छन् । तर संगीत दिएपछि धेरै मान्छेलाई आकर्षण गर्न सकिन्छ , मन्त्री अर्यालले भन्नुभयो, सबै गीतमा राष्ट्रप्रेम हुदैन ।
सबै सर्जकहरुका फरकफरक विधा हुन्छन् । केहीले राष्ट्रपेमी गीत लेख्नुभएको, गाउनुभएको छ । त्यस्ता सर्जकलाई सम्मान गर्नुपर्छ ।एक्टिभ इन्टरटेनमेन्ट र बिरुवा गाउँपालिका स्याङ्जाले आयोजना गरेको कार्यक्रममा बोल्दै कलाकार विजेन्द्र नौवागेले २०६४ सालदेखि निरन्तर कला क्षेत्रमा क्रियाशिल रहेको बताए ।



प्रतिकृया