• १६ असोज २०८३, शुक्रबार
  • ४ः४५ बेलुका

समृद्ध मुलुक र सुखी नेपाली नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ०४:४२

रुपन्देही , प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धि मार्फत राज्यलाई बलियो बनाउन र नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन्।

National Life

शहीद दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै पोखरेलले मुलुक संविधान कार्यान्वयनको अभियानमा सफलतापूर्वक अघि बढ्दै संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताए।

संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरेको जनाउँदै उनले संविधानले नागरिकका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति गरेको उल्लेख गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

’हामी प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौँ, समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा पुग्नसक्दा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ,’ उनले भने, ’समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु।’

संविधानमा व्यवस्था गरिएका नागरिकका यी मौलिक हक कार्यान्वयन गर्न राज्य बलियो हुनुपर्ने बताउँदै उनले बलियो राज्यले मात्रै नागरिकको मौलिक अधिकारलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नसक्ने बताए।

प्रतिकृया