आईजीपीकै घरबाट अपराधिक कार्यमा सक्रिय चिनियाँ नागरिक भागेपछि…
प्रकाशित मिति
२०७६ माघ १६ गते, बिहीबार ०४:५८
काठमाडौं, नेपालमा बसी विभिन्न अपराधिक कार्यमा सकृय रहेको भन्दै चीनले पक्राउका लागि नेपाल प्रहरीसँग सहयोग मागेपछि एक सय २२ जनालाई पक्राउ गरी केही समयअघि मात्र चीन पठाएको थियो ।
पूर्व आईजीपी पाण्डेको बूढानीलकण्ठस्थित घरमा भाडामा बसेका चिनियाँ भागेपछि उनीहरुको विषयमा प्रहरी खोजी कार्य शुरु गरेको छ । पाण्डेले ती चिनियाँहरु केही महिना अघि मात्र बसेको बताएका छन् । उनले आफ्नो घरमा रहेका एक समूह चिनियाँहरु भागेको र अहिले सम्पर्कमा नभएको बताए । उता प्रहरीले पाण्डेको घरबाट चिनियाँ भागेको सूचना आएको र उनीहरूको खोजी भइरहेको महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।
नेपाली सेनाका पूर्व उपरथीको घरमा पनि चिनियाँहरु बस्नका लागि गएका थिए । तर, आफूले के प्रायोजनको लागि बस्ने हो भनेपछि उनीहरु फरार भएको बताए । केही महिनाअघि चलनचल्तीभन्दा बढी नै भाडा रकम दिने प्रस्तावसहित चिनियाँ नागरिकको एक हूल आएको थियो, उनीहरूसँगै एक नेपाली पनि थिए तर उनीहरुलाई के प्रायोजनका लागि बस्ने हो भनेर साधेपछि फर्केको बताएका छन् ।
उनीहरु नेपालमा बसी अपराधिक क्रियाकलाप गर्दै आएका थिए ।
उनीहरुमध्ये कोही पक्राउ पर्ने डरले फरार भएका थिए । फरार भएपछि विभिन्न ठाउँमा बस्दै आएका थिए । यसरी विभिन्न ठाउँमा लुकेर बस्दै आएका मध्ये केही चिनियाँ सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणराज पाण्डेको बूढानीलकण्ठस्थित घरबाट पनि पुगेका थिए । एक सय २२ जना केही समयअघि पक्राउ पगेसँगै आफूहरुलाई पनि पक्राउ गर्ने भएकोले भागेको बताइन्छ ।








प्रतिकृया