संसारकै सानो फोन यस्तो बन्यो
प्रकाशित मिति
२०७६ माघ १५ गते, बुधबार ०१:१०
एउटा टेक कम्पनीले संसारकै सबैभन्दा सानो फोन सार्वजनिक गरेको छ । जेन्को टाइनी टि २ नाम दिइएको उक्त फोन संसारकै सानो भएको निर्माण कम्पनीले दाबी गरेको छ । यो फोन जेन्को टाइनी टि १ को नै अपग्रेटेड भर्जन भएको कम्पनीले बताएको छ । यसमा प्रयोगकर्ताले कुल १४ फिचर्ससँगै क्यामराको पनि सुविधा पाउँछन् ।
कम्पनीले यस डिभाइसलाई अमेरिकामा किकस्टार्टरअन्तरगत सार्वजनिक गरेको छ । ग्राहकले यसलाई कम्पनीको आधिकारीक वेबसाइटको माध्यमबाट बुक गराउन सक्छन् । हेर्नमा यो एक सानो फीचर मोबाइल फोन हो, तर यसको मुल्य भने महँगो छ । कम्पनीले यस फोनको मुल्य १४ हजार ५०३ अमेरीकी डलर तोकेको छ ।

विश्वको सबैभन्दा सानो ३जी मोबाइल फोन जेन्को टाइनी टि २ बाट फोटोग्राफी पनि गर्न सकिनेछ । यस मोबाइल फोनमा फोटो र भिडियो सुट गर्न सकिन्छ। फोटोग्राफीको लागी डुअल फ्रन्ट र रियर क्यामरा रहेको छ । यसको अलवा यसमा माइक्रोएसडी कार्ड स्लट पनि दिईएको छ । जहाँ ३२जीबी सम्मको माइक्रोएसडी कार्ड प्रयोग गरेर यसको स्टोरेज बढाउन पनि सकिन्छ । फोटो क्लिक गरेपछि प्रयोगकर्ताले एसडी कार्डको मद्दतबाट फोटो सिधै आफ्नो अर्को फोनमा ट्रान्सफर गर्न सक्ने फिचर समेत रहेको छ ।

नयाँ जेन्को टाइनी टि २ मोबाइल फोनमा एफएम रेडियो, एमपी ३ र एमपी ४ फाइल्स, प्ले रेट्रो गेम, अलार्म क्लक र क्यालेन्डर जस्ता बिशेषताहरु दिइएको छ । यससँगै फोनमा सेफ्टीको लागि एसओएस फिचर पनि दिइएको छ । प्रयोगकर्ताले टक एन्ड टेक्स्ट फिचरको मद्दतबाट केवल बोलेर नै म्यासेज टाइप गर्न सक्छन्।




प्रतिकृया