• २२ भदौ २०८३, सोमबार
  • ५ः५९ बिहान

घुससहित पक्राउ भए कर कार्यालयका कर्मचारी

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०६:१७

चितवन : आन्तरिक राजश्व कार्यालय चितवनका कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बागमतीले कम्प्यूटर अधिकृत रामकुमार अधिकारीलाई पक्राउ गरेको हो।

National Life

आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका लागि अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिए। थप अनुसन्धानको लागि अधिकारीलाई अख्तियार कार्यालय हेटौडा लगिएको छ।

प्रतिकृया