प्रदेश १ लाई अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको छ : मुख्यमन्त्री राई
प्रकाशित मिति
२०७६ माघ १४ गते, मंगलवार ०६:०६
प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिएका छन । उनले नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्री भएको बताएका छन् ।

अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रममा आज उनले अपाङ्ग भएका व्यक्तिको पुनःस्थापना गर्नाका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका लागि स्वस्थ र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिहरुलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले जानकारी दिए ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्ग बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन ।




प्रतिकृया