• १९ भदौ २०८३, शुक्रबार
  • १०ः२७ राती

कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेकाले परिस्थिति गम्भीर भएको राष्ट्रपति सी जिन्पिङको टिप्पणी

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०३:११

एजेन्सी, चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्। चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश ‘गम्भीर परिस्थिति’ मा रहेको बताए।

चीनको वुहानमा उक्त भाइरस फैलिएको पत्ता लागेपछि कम्तीमा ५६ जनाको मृत्यु भइसकेको छ भने झन्डै २,००० व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । चीनको वुहानस्थित आफ्नो कूटनीतिक नियोगका कर्मचारीलाई एउटा विशेष विमानबाट मङ्गलवार अन्यत्र लग्ने घोषणा गरेको छ।

Kamana Sewa

जोखिममा रहेका अन्य चिनिय नागरिकले पनि स्यान फ्र्यान्सिस्को जाने उक्त विमान चढ्न पाउने चिनिय विदेश मन्त्रालयले जनाएको छ। यूकेका अनुसन्धानकर्ताहरूले चीनले उक्त भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्। कोरोनाभाइरसको सङ्क्रमण फैलिएका चीनका विभिन्न सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। उक्त भाइरसको महामारी सुरु भएको वुहानका केही स्थानमा आइतवारदेखि निजी सवारीसाधनले प्रवेश गर्न पाउनेछैनन्।

Classic Tech Desktop

झन्डै १,३०० बिरामीलाई रेखदेख गर्न त्यहाँ दुई हप्तामा आपत्कालीन सेवा प्रदान गर्ने दोस्रो अस्पताल निर्माण गरिने सरकारी पत्रिका पीपल्स डेलीले जनाएको छ। यसअघि १,००० शय्याको एउटा अस्पताल निर्माण गर्ने काम सुरु भइसकेको छ।

वुहान भएको हुबे प्रान्तमा सेनाले विशेष चिकित्सकीय टोलीहरू पठाइएको छ। गत महिना डिसेम्बरमा पहिलोचोटि देखिएपछि उक्त भाइरस नियन्त्रणबारे चीन र अन्यत्र व्यापक चासो व्यक्त भएको छ। चीनका विभिन्न सहरमा नववर्षका अवसरमा आयोजित कार्यक्रम स्थगित गरिएको छ। मुख्यभूमि चीनभरि यात्रुहरूलाई ज्वरो आए वा नआएको परीक्षण गरिएको छ भने केही सहरमा रेल स्टेशन बन्द गरिएको छ।

प्रतिकृया