• २२ भदौ २०८३, सोमबार
  • २ः३० राती

राजपा सँगको सहकार्य राम्रो शुरुआत : उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०८:०५

महोत्तरी : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपा बीचको सहकार्य राम्रो शुरुआत भएको बताएका छन।

National Life

बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई  बधाइ ज्ञापन गर्दै उनले राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको छ भने ।

कार्यक्रममा नेकपाका प्रदेश नं २ का इञ्चार्ज एवम् प्रदेशसभा २ मा विपक्षी दलका नेता सत्यनारायण मण्डल, पार्टीका प्रदेश २ का सहइञ्चार्ज विश्वनाथ साहसहितका नेताहरुले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाइ बधाइ ज्ञापन गरेका थिए ।

Classic Tech Desktop

नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका केन्द्रित रहने प्रतिबद्धता जनाए । नेकपाका केन्द्रीय सदस्य तथा महोत्तरीका इञ्चार्ज राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । रासस

प्रतिकृया