एमसिसि लाई गुमाउन हुन्न, गुमाए धेरै पछि पर्नेछौं : रवीन्द्र मिश्र
प्रकाशित मिति
२०७६ माघ १२ गते, आईतवार ०७:५४
झापा ।

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसिसि परियोजनालाई संसद्बाट अनुमोदन गरिनुपर्ने धारणा राख्नुभएको छ । झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसीसी परियोजना देशको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताउनुभयो ।
परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमतिमार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गर्दै बिदेशी मुलुकहरुले गर्ने हरेक सहयोगलाई हामीले शंकाको दृष्टीकोणले मात्र हेर्ने हो भने देशको विकासमा नेपाल पछि पर्नेमा मिश्रले जोडदिनु भयो ।

कतिपय बिषयहरु अफवाहको रुपमा बाहिर आएको हुँदा त्यस्ता बिषयमा हामीले अपुष्ट दस्तावेज र हल्लाको पछि लागेर धारणा बनाउनु हुँदैन् मिश्रले भन्नु भयो “ केही बुदाँहरु संशोधन गर्नुपर्छ र एमसिसिको बिषयमा भएको अन्यौललाई स्पष्ट गर्नुपर्छ ” ।
पछिल्लो परिवेशमा अमेरिकी कुटनैतिक नीति र अन्तराष्ट्रिय रणनीतिको बिषयमा आम मानिसमा शंका उब्जिएको हुन सक्ने भन्दै पत्रकारले उठाएको प्रश्नमा मिश्रले भन्नु भयो “ प्राप्त अनुदानलाई नेपालले गुमाउन हुँदैन्, शंकाको भरमा बिदेशी अनुदानलाई अस्वीकार गर्दै जाने हो भने हामी धेरै पछि पर्नेछौं समयले हामीलाई पछाडि धकेल्ने छ ”।
धुलावारी जेसिजको कार्यक्रममा सहभागी हुन झापा आएका मिश्रले पत्रकारहरु संगको कुराकानीमा देश पछि पर्नु र आम सर्वसाधारणले दुःख पाउनुमा शिक्षित पेशाकर्मी र सचेत समुदाय नै मुलदोषी भएको टिप्पणी गर्नुभयो । यदि शिक्षित समुदायनै भ्रष्ट नभई दिएको भए देशमा भ्रष्टचारले स्थान पाउने थिएन । देशका आम जनताले परिवर्तन र विकासको आभास गर्न नपाउनुमा तिनै शिक्षित समुदायको दोष छ ।
देशमा भएका कुसंस्कार र विकासमा देखिएको गतिरोध हटाउँदै मुलुकलाई समृद्धितर्फ लैजान राजनीतिक रपान्तरण नै मुख्य आधार भएकाले आँफु राजनीतिको नयाँ धारबाट अघि बढ्ने सोचका साथ पत्रकारीता छोडेर राजनीतिमा आएको मिश्रले बताउनु भयो ।
देशमा शासन ब्यवस्थाको परिवर्तन भए पनि तात्विक भिन्नता नआएको बताउदै मिश्रले भन्नु भयो “आम जनताले महशुस गर्नेगरी काम गर्ने सोचका साथ साझा पार्टीको स्थापना गरिएको हो ” ।
नेपालमा लामो समय देखी शासन र सत्ताको बागडोर चलाउँदै आएका पुराना राजनीतिक पार्टीको सोचबाट देशले गति लिन नसक्ने र वास्तबिक रुपमा पिडा र दुःख झेलिरहेका आम जनताको मर्म अनुसार आफुहरुले काम गर्ने दाबी गर्दै सबै जनताले आफुहरुलाई साथदिनु पर्नेमा वहाँले जोडदिनु भयो ।
साझा पार्टीको अबको राजनीतिक एजेण्डाको बिषयमा पत्रकारले राखेको जिज्ञासामा मिश्रले संगठनको सुदृढीकरण आवश्यक रहेको भन्दै आम नेपाली जनताको घरघरमा साझा पार्टीको धारणा र देशको समृद्धिलागि आफूहरुले अघिसारेको सोच र सिद्धान्तको बिषयमा जानकारी दिन जरुरी रहेको बताउनु भयो।



प्रतिकृया