रियलमीको रियलमी फाईभ नेपाली बजारमा : छोटो अवधिमा फस्टाउन सफल स्मार्ट फोन
प्रकाशित मिति
२०७६ माघ ९ गते, बिहीबार ०८:०६
काठमाडौं ।
बजारमा निकै छोटो अवधिमा फस्टाउन सफल स्मार्ट फोन ब्राण्ड, रियलमीले आफ्नो रियलमी फाईभ सिरिज अन्तर्गतको नयाँ क्वाड् क्यामेरा फोन रियलमी फाईभ आई नेपाली बजारमा भित्राएको छ ।

रियलमी फाईभ सिरिजको विश्वभर ५.५ मिलियन भन्दा बढी ढुवानी सफलपुर्वक भएको रियलमीले थप राम्रो क्यामेरा, ब्याट्री, डिजाईनको साथमा सुपथ मुल्यमा रियलमी फाईभ आई बजारमा ल्याएको छ ।

५००० एम्ए.च् ब्याट्रीको साथमा रियलमी फाईभ आईले उक्त मुल्य श्रेणीमा सबै भन्दा राम्रो ब्याट्री–लाईफ र सबै भन्दा लामो ३० दिने स्ट्याण्डबाई प्रदान गर्दछ । रियलमी फाईभ आईमा ब्याट्रीको सुरक्षा निश्चित गर्नका लागी फायरप्रुफ– प्रोटेक्टिभ–सेपरेशनको साथ निर्माण गरिएको छ ।
रियलमी फाईभ आईमा ११ एन्एम् उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ ए.आई.ई रहेको छ जसले गर्दा, २.० गिगा हर्जको क्लक् स्पिडमा कार्यहरु सञ्चालन गर्न सक्छ । साथै, थर्ड जेनेरेसन क्वालकम् ए.आई ले उल्लेखनिय गेमिङ अनुभव र प्रदर्शन प्रदान गर्दछ ।
रियलमी फाईभ आईको स्लिम बडीमा नयाँ सनराईज डिजाईन प्रयोग गरिएको छ । ब्याक कभरको ग्रेन्स्हरु जर्मन फाईभ–एक्सिस् प्रेसिजन रेडियम कार्भिङ मेशिनबाट तयार गरिएको छ । रियलमी फाईभ आई दुई भिन्न रङहरु – एक्वा ब्लु र फरेस्ट ग्रिनमा उपलब्ध रहेको छ ।
रियलमी फाईभ आईमा ११९ अल्ट्रा–वाईड एन्गल लेन्स् ९८एम्।पी०, मेन क्यामेरा १२एम्पी, पोरट्रेट लेन्स् ९२एम्पी र अल्ट्रा म्याक्रो लेन्स् ९२एम्पी को क्वाड क्यामेरा सेटप रहेको छ । अल्ट्रा–वाईड एन्गल लेन्स्मा नाईटस्केप २.० समावेश गरिएको छ जसले गर्दा राती वा अध्याँरो स्थानमा वाईडर भ्युको साथमा उत्कृष्ट तस्बिरहरु लिन सकिन्छ । मेन क्यामेराले ई.आई.एस् ईफेक्ट प्रयोग गर्छ जसले गर्दा चलिरहेको अवस्थामा स्थिर भिडियोहरु खिच्न सकिन्छ ।
रियलमी फाईभ आईमा प्रयोग भएको सफ्टवेयर, कलरओएस् ६.१ ले रियल प्राईभेसी फङसन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सिम्पल्र युआई जस्ता थुप्रै फिचरहरु प्रदान गर्दछ । कलरओएस् ६.१ को साथमा, रियलमी फाईभ आइले डार्क मोड एक्टिभेट गर्न सक्छ जसले गर्दा अध्याँरो स्थानमा फोन चलाउँदा आँखालाई सहज हुने गर्छ ।
रियलमी फाईभ आईका विभिन्न भेरियन्टहरुको मूल्य निम्नानुसार रहेका छन् – ४ं६४ जिबि लाइ रु २०,९९० मात्र ।
रियलमी एक प्रविधि ब्राण्ड हो जसले विश्वबजारमा उत्कृष्ट डिजाईन र प्रदर्शनको साथ उच्च गुणस्तरको स्मार्टफोनहरु निर्माण गर्दै आईरहेको छ ।
स्मार्ट फोनहरुमा शक्तिशाली प्रदर्शनी, स्टाईलिश डिजाईन र स्मार्ट फोनहरुको अधिक सम्भावनाहरुको अन्वेषणको साथमा ईमान्दार सेवा गर्न रियलमी प्रतिबद्ध रहेको छ । रियलमीले हालसम्म कुल ५ वटा स्मार्टफोनहरु भित्राएको छ जसमा रियलमी ३, रियलमी २ प्रो, रियलमी सि१, रियलमी सि२ र रियलमी ५ रहेको छ ।
पछिल्लो सर्वेक्षणको अनुसार, विश्वबजारमा रियलमी साँतौ विशाल र सबैभन्दा छिटो फैलिन सफल स्मार्टफोन ब्राण्ड रहेको छ ।




प्रतिकृया