• २४ भदौ २०८३, बुधबार
  • १२ः५४ दिउँसो

त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ०७:२९

काठमाडौ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । १६ देखि २४ माघसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ ।

National Life

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र लक्ष्यबारे जानकारी गराएका हुन् । त्रिवेणीधाममा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको कथावाचक इश्वरकृष्ण महाराजले बताए । उनले भने, नेपालमा धार्मिक क्षेत्रबाट पर्यटनको विकास गरी समृद्धी हासिल गर्न सम्भव छ । त्रिवेणी धार्मिक हिसाबले र आफैमा अति रमणीय पवित्र स्थान भएकोले सबैलाई एक पटक जान आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु खेम्पो कमल भण्डारीले महायज्ञमा माघ १६ र १७ गते मात्र प्रवचन दिने बताए । उनले नेपाल जात, धर्म र प्राकृतिक धरातलले विश्वमा प्रख्यात रहेको पनि जानकारी दिए । उनले विदेशबाट आउने पर्यटकहरु अधिकांश नेपालमा धार्मिक कारणले आउने गरेका बताए । उनले हिन्दु र बौद्ध धर्मको दृष्टि फरक भएपनि चर्या एउटै हुने उल्लेख गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले जानकारी दिइन् । उनले महायज्ञ मूल समारोह समितिका उक्त कार्यक्रममा प्रमुख अतिथिहरु हिन्दु धर्मका ईश्वर कृष्ण महाराज र बौद्ध धर्मका तर्फबाट खेम्पो कमल भण्डारी रहेका थिए । नुवाकोटको त्रिवेणी धाममा १ लाख पर्यटक भित्राउने योजना रहेको बताएका छन् ।

कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष श्रीराम कृष्ण थापाले महायज्ञका माध्यमले त्रिवेणीधामबारे विश्वभर जानकारी गराउने लक्ष्य राखिएको बताए । त्रिवेणी तीन खोला वा नदीको संगम भएकाले अति पवित्र पुण्य स्थानको रुपमा मानिने भएकाको नेपालमा मात्र नभएर पुरै विश्वमा नै यसबारे प्रचार हुनुपर्ने बताए । थापाले उक्त स्थानमा धर्मशालाको निर्माण, विभिन्न देवीको देवताको मन्दिर निर्माण र ध्यान केन्द्रको निमार्ण तथा बौद्धमार्गीहरुको लागी गुम्बा निर्माण गर्ने कार्य हाल भइरहेको जानकारी दिए । महायज्ञबाट संकलित रकम त्रिवेणीधामको पूर्वाधार विकासमा खर्च हुने उल्लेख गरे ।

त्रिवेणी धाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले उक्त धाममा सबैलाई एकपटक आई धार्मिक कार्यमा सहयोग गर्न आग्रह गरिन् । उनले धामको महत्वबारे प्रकाश पारेकी थिइन् ।

महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष रमेश कुमार पाठकले नेपाल र नेपालको पनि त्रिवेणी बनाउन त्रिवेणीधामले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्रिवेणीधामको महायज्ञले सबै पार्टीलाई पनि एकताको शुत्रमा बाँकी विकासको काममा अघि बढाउने आशा बढेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी संघिय क्षेत्र न. १ का अध्यक्ष पदम उप्रेतीले सबै धर्मको प्रतिमा स्थापना गर्दै सम्पुर्ण जाती धर्मलाई संगै अगाडि लानुपर्ने बताए । उनले धार्मिक सहिष्णुता राख्दै समृद्ध नुवाकोट, समृद्ध शिवपुरी हुनेमा उक्त महायज्ञ कोषेढुंगा हुने आशा व्यक्त गरे । समृद्ध नेपाल हुनमा सबैको भुमिका हुने भन्दै महायज्ञले त्यस दिशातर्फ प्रेरित गर्ने बताए ।

श्री त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, महायज्ञ सम्पादन मूल समिति
शिवपुरी÷पञ्चकन्या, नुवाकोट
प्रेश विज्ञप्ति

वसन्त पञ्चमीका अवसरमा त्रिवेणी धामको व्यापक प्रचारप्रसार र पूर्वाधार विकास तथा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा १ लाख बढी पर्यटक भित्र्याउने उद्देश्यले विश्वविख्यात कथा बाचक ईश्वर कृष्ण महाराजबाट बचन हुने श्रमद्भागवत् सप्ताह महायज्ञ तथा बौद्ध धर्मगुरु खेम्पो कमल भण्डारीबाट हुने विशेष प्रवचन यही मिति २०७६ साल माघ १६ गतेदेखि २४ गतेसम्म लिखु सत्यावती(स्यालपिङ) र कन्यावती(खहरे) लोखाको संगमस्थल शिवपुरी गाउँपालिकाको वडा नं ६ र ७ तथा पञ्चकन्य गाउँपालिकाको वडा नं ५ मा पर्ने श्री उत्तर प्रयाग त्रिवेणी धाममा हुन गइरहेको छ ।

बाग्मती प्रदेशको नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिको शिवपुरी राष्ट्रिय निकुञ्जको शिवपुरी डाँडा उद्गम स्थल भई सुनखानी र सीमाना भएर दक्षिणबाट उत्तरतिर बग्ने सत्यवती (स्यालपिङ) खोलाको पूर्वी सीमाना पार्टीभन्ज्याङ तथा शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानी भएर पूर्वपश्चिम बग्ने लिखु खोला र पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या मन्दिर छेउ इन्द्रेणी छहरा उद्गभस्थल भई उत्तरदक्षिण वग्ने कन्यावती(खहरे) खोलाको संगमस्थल त्रिवेणी धाम हो । हिन्दुधर्माबलम्बीको महान ग्रन्थ हिमबत खण्डमा उल्लेखित यो धाम समुद्री सतहबाट करिब ७०० मिटरको उचाईमा रहेको छ । यस धाम उत्तरी आक्षांश र पूर्वी देशान्तरमा फैलिएको छ । संघीय राजधानीको २५ किलोमिटर उत्तरमा रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट ३० किलोमिटर पश्चिम र नुवाकोटको सदरमुकाम विदुरदेखि २० किलोमिटर पूर्वमा रहेको छ । यो धाम नेपालको मध्यपहाडि लोकमार्गमा पर्ने हुनाले यो देशको कुनै पनि भूभागबाट सहजै पुग्न सकिन्छ ।

तीन खोला वा नदीको संगलम त्रिवेणीलाई अति पवित्र पुण्य स्थानको रुपमा लिने गरिन्छ । हिन्दुहरुको पवित्र घाटहरुमा प्रयाग, देवघाट, बराह क्षेत्र एवं वेत्रावती धामहरु भौतिक रुपमा दोबान हुन् भने त्यसैले यस त्रिवेणी धाम अरुभन्दा पवित्र र दुर्लभमध्येको एक हो । यो धाममा पौष, कृष्ण औषीमा स्थान गर्नाले पुण्य मिल्छ भन्ने परम्परागत मान्यता रहीआएको छ । त्यस्तै यहाँ आई आफ्ना पितृहरुको श्राद्ध गर्नाले मोक्ष प्राप्त गर्छन् भन्ने आम विश्वास रही आएको छ । कात्तिक शुल्क पक्षको हरिबोधनी एकादशीको दिन स्नान गर्नाले पुण्य मिल्छ र त्यसैगरी मकर संक्रिान्तिको दिन स्नान गर्नाले पुण्य मिल्छ भन्ने पौराणिक विश्वास पनि रही आएको छ । यहाँ हरिबोधनी एकादशीको दिन जात्रा लाग्ने गदर्छ । भक्तजनले नारायणपूजा गरी ल्याएको तोरण त्रिवेणी खोलामा टाँगेर स्नान गरी पुण्य प्राप्त गर्छन् । शिवरात्री र तिजको ब्रतका दिनमा यस स्थानमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजा हुने गर्छ । हरेक शनिबार यस धामको भजन घरमा भजन किर्तन हुँदै आएको छ ।

धार्मिक तथा पौराणिक महत्व रहेको यस उत्तरप्रयाग त्रिवेणी धाममा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नका लागि प्रचारप्रसार गर्ने, धर्मशालाको निर्माण गर्ने, विभिन्न देवी देवताको मन्दिर निर्माण गर्ने र ध्यान केन्द्रको निर्माण गर्ने तथा बौद्धमार्गीहरुका लागि गुम्बा निर्माण गर्ने कार्य भइरहेको छ । यही कार्यलाई सहयोग पु¥याउने उद्देश्यले यही मिति २०७६, माघ १६ गतेदेखि २४ गतेसम्म ‘सप्ताह महायज्ञ’ को आयोजना गर्न लागिएको हो । त्रिवेणी धाम काठमाडौँबाट नजिकैपर्ने र मध्यपहाडी लोकमार्गमा पर्नेभएको सबैको लागि सजिलो गन्तब्य हुन सक्छ । यो धामले आम हिन्दु तथा बौद्धमार्गीहरुको आस्थालाई अझ उजार गर्ने विश्वाससहित यो महायज्ञ गर्न लागिएको हो । महायज्ञ सम्पादन मूल समितिले वशेषगरी यस उत्तर प्रयाग त्रिवेणी धामपरिसरमा बुढानिलकण्ठ, वेत्रावती, गोसाइकुण्ड र त्रिवेणी धामलाई राधाकृष्ण मन्दिरको निर्माण, क्रियापुत्री घर, ज्येष्ठ नागरिक आश्रम, अत्याधुनिक धार्मिक पुस्तकालय, धर्मशाला आदीको निर्माणलाई प्राथमिकतामा राखेको छ ।

भौगोलिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको यस धामको थप विकाससहित प्रचारप्रसार र विकास भएमा देशकै विकासमा महत्वपूर्ण योगदान पुुग्नेछ । राज्यले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षालाई पूरा गर्न यस पर्यटकीय स्थलको महत्वपूर्ण योगदान र हन सक्छ । सरकारले यसैवर्षदेखि अभियानका रुपमा शुरु गरेको ‘पर्यटन वर्ष २०२०’ लाई सफल तुल्याउन पनि महत्वपूर्ण सहयोग पुग्नेछ । साथै आर्थिक, धार्मिक एवं रणनीतिक दृष्टिकोणले महत्वपूर्ण स्थल त्रिवेणी धामको सुधार तथा संरक्षणमा सबैको महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास लिइएको छ ।
…………… ………………
रामचन्द्र पाठक लिलादेवी थापा
उपाध्यक्ष तथा अध्यक्ष
महायज्ञ मूल समारोह समितिका प्रचारप्रसार संयोजक त्रिवेणी धाम सुधार तथा संरक्षण संस्था
मो नं ९८१०८०१७५, फो नं ९८०८०६२५१८

संरक्षक : अध्यक्ष–रामकृष्ण थापा, शिवपुरी गाउँपालिका, अध्यक्ष–तेजबहादुर तामाङ (रमेश), पञ्चकन्या गाउँपालिका

सहआयोगक : शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिका

सम्पर्क : ९८४१६३०२७५, ९८४१६२३५२१, ९८४१३७३०१८, ९८१३७८७८६९

प्रतिकृया