एन आई सी एशिया बैंकले गर्यो एन्टी मनि लाउन्ड्रीङ्ग सम्बन्धी प्रविधि खरिद गर्ने त्रिपक्षीय सम्झौता
प्रकाशित मिति
२०७६ माघ ८ गते, बुधबार ०४:१९
काठमाडौँ, एन आई सी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत, एम्नील टेक्नोलोजी प्रा. लि. नेपालका बीच एन्टी मनि लाउन्ड्रीङ्ग सम्बन्धी प्रविधि खरिद गर्ने त्रिपक्षीय सम्झौता भएकोे छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, इन्फ्रासफ्ट टेक्नोलोजी लिको तर्फबाट वितरणतर्फका उपाध्यक्ष अमित शर्मा, एम्नील टेक्नोलोजि प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गनुभएको छ ।
सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि. र एम्नील टेक्नोलोजी प्रा. लि. ले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र यो प्रविधिको कार्यान्वयन पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेका मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकले जनाएको छ ।
नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्यअनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था छ ।






प्रतिकृया