• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

नगरकोटमा तीन दिने महोत्सव, निःशुल्क अवलोकन

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार ०३:५९

नगरकोट, पर्यटन वर्ष २०२० लाई सफल बनाउन नगरकोटमा तीन दिने महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० र सोनम ल्होसारको अवसरमा यहीँ माघ १० गतेदेखी तीन दिनसम्म महोत्सवको आयोजना गरिएको हो ।

दोश्रो नगरकोट महोत्सव मण्डनदेउपुर नगरपालिका काभ्रे, चाँगुनारायण नगरपालिका भक्तपुर, नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार, पर्यटन व्यवसायीलगायतका विभिन्न संघ संस्थाहरुको संयुक्तमा आयोजना गरिएको हेमराज ढाकलले जानकारी दिनु भयो ।

Kamana Sewa

पर्यटन वर्षलाई सफल पार्नको लागि स्थानीय मौलिक झल्किने विभिन्न प्रस्तुतिहरु प्रदर्शन र लोपोन्मुख बाजागाजाहरु साथै स्थानीय खानाको परिकारहरु प्रदर्शन गरिने ढाकलले जानकारी दिनु भयो ।

Classic Tech Desktop

महोत्सवलाई सफल पार्न आयोजक संस्था नगरकोट नाल्दुम पर्यटन विकास समितिले विभिन्न कार्यक्रमहरु गर्दै प्रचारप्रसार गर्दै आइरहेको छ । ‘प्राकृतिक सम्पदा कला र सँस्कृति, पर्यटनको विकाश नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ मनाउन लागेका महोत्सवमा ख्याती प्राप्त कलाकारहरु प्रस्तुति रहने छ ।

स्थानीय खाना, ढिकी, जातो, हलो, स्थानीय संस्कृति परम्पराको प्रस्तुति समेत हुने महोत्सवमा ५० वटा स्टल हुनेछ । पूर्ण रुपमा निःशुल्क महोत्सवको अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । काभ्रे र भक्तपुर जिल्लाको सिमानामा रहेको नगरकोटबाट गणेश, लाङ्टाङ गौरीशंकर, सगरमाथालगायतका हिमश्रीङ्खला देखिनुका साथै सुर्योदय र सुर्यस्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

प्रतिकृया