• २६ भदौ २०८३, शुक्रबार
  • २ः२३ राती

विश्वकै व्यापारिक हव दुबईमा नेपाली युवा व्यावसायीको कार्गो खुल्दै

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार ०७:५८

 

National Life

दुबई । स्वदेशमा रोजगारीको अवसर नपाएर लाखौं नेपाली युवाहरु विदेशमा रहेका छन् । विदेशिने युवाहरुको संख्या बढ्दो छ । विभिन्न सिप सिकेका युवाहरु विदेशमा विभिन्न खालका काममा संलग्न भएर परिवारको जीविकोपार्जन गरिरहेका छन् । कतिपय सिप नसिकी विदेश गएका युवाहरुले दुःख समेत पाइरहेको खबर आइरन्छन् । कतिपयले त विदेशमै व्यवसाय समेत सञ्चालन गरिरहेका छन् । त्यस्तै व्यवसायलाई मध्यनजर गर्दै  नेपाली युवा व्यवसायीले दुबईमा कार्गो सञ्चालनमा ल्याउँने भएका छन् । विश्वकै व्यापारिक हवको रुपमा विकास हुंदै गरेको दुवईबाट सर्वसुलभ रुपमा समान नेपाल ल्याउँन तथा नेपाली सामान दुवई पठाउँन सहज होस भन्ने उदेश्यले रिलायवल स्टार कार्गो एलएलसी खुल्न लागेको हो ।

दुवईको लोकप्रिय भेटघाट केन्द्र बरदुबईमा स्थापना भएको रिलायवल स्टार कार्गो एलएलसीले आगामि जनवरी ३१ देखि सेवा प्रदान गर्ने बताइएको छ ।
कार्गो सञ्चालक ओमप्रकाश न्यौपानेका अनुसार, युएईका बजारमा पाइने गुणस्तरीय सामग्रीहरु नेपाल लगायत अन्य देशहरुमा समयमै पु¥याउने लक्ष्य लिएर कार्गो व्यावसाय शुरु गर्न लागिएको हो । नेपालीहरुकै सेवा र सुविधाको लागि अति भरपर्दो कार्गो सेवा प्रदान गर्ने उदेश्य लिएर नेपाली युवा व्यावसायीहरुको अग्रसरतामा रिलायवल स्टार कार्गो एलएलसी बर दुबईको कोसेली ट्राभल सँगैको भवनमा स्थपना गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालीहरुलाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको कार्गोले काठमाडौं उपत्यकामा हालसम्मको सस्तो दरमा युएईबाट कार्गो सुविधा प्रदान गर्ने दावी सञ्चालको छ । नेपालका सबै जिल्लाहरुमा छिटो, सस्तो र भरपर्दो सेवा दिने लक्ष्यका साथमा स्थापना हुन लागेको रिलायवल स्टार कार्गोलाई सेवा गर्ने अवसर दिन संचालकहरुले युएईमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिकृया