• १ असोज २०८३, बिहीबार
  • ६ः५५ बिहान

ग्ल्याडस्टोनमा खेलकुद सप्ताह हुदै

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०७:३५

मध्यपुर थिमी, मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको सप्ताहव्यापी अन्तर सदन खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। पौष २७ गते आइतबार उद्घाटन भएको कार्यक्रम यही आउँदो माघ ३ गते शुक्रबारसम्म सञ्चालन हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर युथ एशोशिएसनका अध्यक्ष, भूतपूर्व नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन तथा गोलकिपर,वर्तमान अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिँह उपस्थित हुनुहुन्थ्यो।

National Life


विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइराला ,सहप्राध्यापक विनोद भट्टराई तथा एजुकेटिभ फाइनान्स सुरेश श्रेष्ठ अतिथि रहेको कार्यक्रममा सेकेन्डरी कोअर्डिनेटर गुणनिधी कोइराला, प्राइमरी कोअर्डिनेटर शिवभक्त थापामगर तथा प्री(प्राइमरी कोअर्डिनेटर मन्जु श्रेष्ठ ड्यासमा उपस्थित हुनुहुन्थ्यो। आउँदो माघ ३ गते शुक्रबार समापन हुने प्रतियोगितामा फुटबल,बास्केटबल,टेबल टेनिस,एथलेटिक्स,ब्याडमिन्टन जस्ता स्पर्धा सञ्चालन हुनेछ।

विद्यालयका चारवटा सदनका बीचमा मार्चपास प्रतियोगिता सहित गरिएको उद्घाटन शत्रमा लेप्टन सदनले खेल पूर्व नै आफ्नो खातामा एउटा गोल्डमेडल दर्ता गर्न सफल भएको थियो।बास्केटबल खेलबाट ग्ल्याडस्टोन खेलकुद सप्ताह २०७६ को उद्घाटन गर्दै प्रमुख अतिथि उपेन्द्रमान सिँहले मध्यपुर युथ एशोशिएसन र ग्ल्याड्स्टोन एकेडेमी बीचको सुमधुर सम्बन्ध अनि आपसी साथ र सहयोगको बारेमा चर्चा गर्नु भएको थियो।खेलकुदकै सेरोफेरोमा बोल्नु भएका सिँहले ग्ल्याडस्टोन एकेडेमीका भूतपूर्व विद्यार्थी,मध्यपुर युथ एशोशिएसनबाट प्रशिक्षित,सहिद स्मारक ए डिभिजन लिग २०७६ मा एन. आर. टि. क्लबमा अनुबन्धित गोलकिपर पुजन होनाको खुलेर प्रशंसा गर्नु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया