पक्राउ गरी लगेर गैरन्यायिक तरिकाले गोली हानियो, दोषी माथि कारबाही होस्ः अभियुक्त विष्णु लामाका आफन्त
प्रकाशित मिति
२०७६ पुष २८ गते, सोमबार ०७:२६
काठमाडौं, अभियुक्त विष्णु लामाका आफन्तले प्रहरीले उनलाई आत्मसमर्पण गरिसके पछि नियन्त्रणमा लिई गोली हानेको आरोप लगाएका छन् । २७ पौषमा जोरपाटी स्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आएर समातेको र जबमुडाँडामा लगेर गोली हानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै आपत्ती जनाए ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विष्णु लामाकी पत्नी मनमाया लामाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको आरोप लगाइन् । उनले प्रश्न गरिन्, यसरी गोली हान्न पाइन्छ ? यस्तो हो भने प्रहरीले मान्छे मार्दै हिंड्छ । सुरक्षाका लागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास गर्न नसकिने बताइन् । उनले सरकारसँग न्यायको माग गर्दै गोली हान्ने माथि कडा कारबाही गरिनुपर्ने बताइन् ।
मनमायाले आफ्ना पतिलाई कानुन अनुसार कारबाही हुनुपर्ने पक्षमा आफूपनि रहेको तर गोली हान्ने विरुद्ध कानुनी उपचारमा जाने बताइन् । उनले भनिन्, यस्तै हो भने प्रहरीले जो कोहीलाई मार्दै हिंड्नेछ । विष्णु लामालाई गोली हान्न आदेश दिने माथि समेत कारबाही हुनुपर्ने उनको माग थियो । श्रीमान बाँचेको भन्दै खुट्टामा गोली लागेपछि बालबच्चाको जिम्मेवारी कस्ले लिने भन्ने प्रश्न गरिन् । दुईबच्चासहितपत्रकार सम्मेलनमाउपस्थितमनमायाले घटनाको छानविन हुनुपर्ने मागगरिन् । घाइते अवस्थामा पतिलाई प्रहरीले भेट्न समेत नदिएको उनको आरोप थियो । पक्राउ गरी गोली हानेकाले यसको जिम्मेवारी प्रहरी हुनुपर्ने बताइन् । उनले भनिन्, जबरजस्ती गुण्डा भनेर मेरो श्रीमानलाई गोली हानिएको छ ।

कार्यक्रममा नेकपा पार्टी अध्यक्ष तथा जील्ला सदस्य पदमबहादुर श्रेष्ठले विष्णु लामालाई सरकारद्धारा लगाइएका अभियोग जायज रहेको भन्दै गोली नै हान्ने कदम न्यायोचित नभएको बताए । पक्राउ गरेपछि अन्य ठाँउमा लगेर गोली हानिएको भन्दै निष्पक्ष छानविनको माग गरे । फरार अभियुक्त विष्णुलामालाई झुठो मद्दा लगाएर गोली हानिएको उनको आरोप थियो । वीर अस्पतालमा उपचारको क्रममा रहेको विष्णुको आफ्न्त समेतलाई भेट्न दिएको छैन् भन्दै आपत्ती जनाएका छन् । विष्णु लामाका भाई विश्व लामाले आफ्नै अगाडि दाजुलाई सादा पोशाकको प्रहरीले लिएर गएको बताए । प्रहरीका सामु आत्म समर्पण गरेपछि हथकडी लगाइएको र त्यसपछि अन्यत्र लगेर गोली हानिएको खुलाए । कानुन सम्म त कारबाही हुनुपर्नेमा गैरन्यायिक तरिकाले गोली हानिएको बताए । पक्राउ पछि प्रहरीमा खोजीका लागि जाँदा गोलीहानी घाइते भएको खबर साँझमा थाहा पाएको जानकारी दिए । आफूलाई अस्पतालमा डाकिएको तर माथिको आदेश भन्दै भेट्न नदिइएको बताए ।







प्रतिकृया