• १ असोज २०८३, बिहीबार
  • ११ः५० बिहान

शिलास्मा बनिन् मिसेस टुरिजम एम्बेस्डर

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०६:५०

काठमाडौं, २०२० को मिसेस टुरिजम एम्बेस्डर वल्र्डको विजेता नेपाली महिला शिलास्मा हमाल मल्ल हुन सफल भएकी छिन् । २१ मुलुकका प्रतिस्पर्धीलाई उछिनेर मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सो कार्यक्रम सम्पन्न भएको थियो ।

National Life

विभिन्न चरण पार गरेपछि फाईनल सम्ममा पुगेर शिलास्माले ताज जितेकी छिन् । शिलास्माले ताज हासिल गर्न सफल भएपछि उनले भनिन् ‘मलेशियामा भएको मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाईनलमा मैले वल्र्ड तर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जना महिलाहरु भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेशियाले जितेको छ ।
मोडलिङमा पनि सक्रिय भएकी शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि ताज पहिरिन सफल भएकी छिन् । उनलाई म्युजिक भिडियोमा समेत देख्न सिकन्छ अहिले उनी मोडेलको रुपमा व्यस्त रहेकी छिन् ।

प्रतिकृया