सरकारले नभत्काए जनताले छाँया सेन्टर भत्काउनेछन्ः कमलपोखरी पुनस्स्थापना अभियानकर्ता
प्रकाशित मिति
२०७६ पुष २८ गते, सोमबार ०५:१६
काठमाडौं, ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी गैरकानुनी तरिकाले मासेर छाँयादेवी कम्प्लेक्स बनाइएको भन्दै अभियन्ताहरुले भत्काएरै छाड्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी मासिंदा समेत गणतान्त्रिक सरकारले मौनता साँध्नु लज्जास्पद हो भन्दै जनताको शक्तिले त्यसलाई भत्काउन सक्ने बताए ।
अभियानको आन्दोलन जारी रहेको भन्दै छायाँ कम्प्लेक्स कसैले बचाएर बचाउन नसक्ने स्पष्ट पारे । ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनस्थापना अभियानका संयोजक भागवत नरसिंह प्रधानले छायाँदेवी कम्प्लेक्स निर्माण भएको स्थानमा ऐतिहासिक कमलपोखरी रहेको तथ्य प्रस्तुत गर्दै त्यसलाई भत्काएरै छाड्ने बताउनुभयो ।
अध्यक्ष प्रधानले १५ हजार व्यक्तिको हस्ताक्षर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइ सकिएको जानकारी दिदै सम्पदामाथिको अतिक्रमणविरुद्ध कडा कदम चाल्न पछि नहट्ने बताउाुभयो ।
उहाँले भन्नुभयो, ‘ऐतिहासिक पुरातात्विक कमलपोखरी रहेको ठाउँमा जसरी छायाँ कम्प्लेक्स बनाइएको छ त्यो सरकार नभत्काए जनताले भन्काउने छन् ।’ आफूहरु छायाँ कम्प्लेक्सबारे अदालतको फैसला कुरेर बसेको भन्दै त्यसपछि निर्णयमा पुग्ने बताउनुभयो । अदालतमा वर्षौं देखि न्यायको लडाईं लडिरहेको भन्दै कमलपोखरी कब्जा गर्नेहरुलाई कदापि सफल हुन नदिने बताउनुभयो ।
भवन बनाउँदा लाग्दा आफूहरुले रोक्नका लागि सिंहदरबार देखि काठमाडौं महानगरपालिका, पुरातात्विक विभागलगायतका ठाउँहरुमा आवाज उठाउँदा पनि सुनुवाई नभएको खुलाउदै भन्नुभयो, ‘राज्यमा पहुँच र प्रभावको दुरुपयोग गरी ऐतिहासिक पोखरी माँसेर छायाँ कम्प्लेक्स बनाइयो । गणतन्त्रमा सांस्कृतिक सम्पदा माँस्दा पनि जिम्मेवार नेताहरु मौन बस्नु हाँस्यास्पद हो ।’
पोखरी माँस्न मनी र मसलको प्रयोग भएको भन्दै जनताको शक्तिका अगाडि त्यसको केही नचल्ने बताउनुभयो । पोखरी माँसेर बौद्ध धर्मालम्बी स्थानीय नेवार समुदायको संस्कृतिमाथि आक्रमण गरिएको उहाँको आरोप थियो ।






प्रतिकृया