• १ असोज २०८३, बिहीबार
  • १ः१४ दिउँसो

उपसभामुखले सभामुखको उम्मेद्धवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य राजीनामा दिनुपर्छ : देव गुरुङ

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०५:०४

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्धवारनै बन्न नपाउने दाबी गर्नु भएको छ ।

National Life

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता गुरुङले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भैरहेकोतर्फ सचेत गराउँदै भन्नुभयो, ‘संसद अवरुद्ध हुनु दुःखद् हो । यदि संसद यही तवरले अवरुद्ध भैरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ।’

उहाँले सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारु गर्नको लागि सबै दल गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । यद्धपी उहाँले अहिलेको संसदको गत्यावरोध पार्टीसँग सम्बन्धित नभएको जिकिर गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

साक्षात्कारमा बोल्दै गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको बताउनुभयो । सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेद्धवारी दिने बताउदै भन्नुभयो, ‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।’

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उहाँले बताउनुभयो । उहाँले संसदको डेडलक फुकाउनको लागि संसदको नियामावली फलो गर्नुपर्ने धारणा राख्नुभयो । संविधानले सभामुख नरहने परिकल्पना नगरेको पनि उहाँले बताउँदै भन्नुभयो, ‘उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन मिल्दैन् । यदि उम्मेद्धवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्छ ।’

अहिलेको संसदको गत्यावरोध खुलाउनको लागि दुई वटा विकल्प रहेको सुनाउँदै गुरुङले भन्नुभयो, ‘कि त सर्वोच्च अदालतको फैसला तुरुन्त आउनुपर्यो, या त उपसभामुखले मार्गप्रशस्त गर्नुपर्छ । पार्टीको आग्रह पनि उहाँलाई मार्गप्रशस्त गर्न रहेको छ ।’

प्रतिकृया