• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

टिपरको ठक्करबाट एक युवकको मृत्यु

प्रकाशित मिति

२०७६ पुष २५ गते, शुक्रबार १२:१७

धनुषा, मिथिला नगरपालिकामा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको आज मृत्यु भएको हो ।

प्रहरीले घटनामा सग्लन ना ७ ख ६४१३ नम्बरका टिपरका चालकलाई समेत नियन्त्रणमा लिएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका उनलाई ट्रिपरले किचाएर हत्या गरिएको शंका गरिएको छ । साथीसँग मर्निङवाक गएको समयमा महतोलाई जबर्जस्ती समाएर चालकले किचेको स्थानीयले बताएका छन् ।

Kamana Sewa

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । युवकको मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेर दोषीलाई कारवाहीको माग गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया