• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

अमेरिकी सैन्य आधार शिविरमा दर्जनौं क्षेप्यास्त्र प्रहार

प्रकाशित मिति

२०७६ पुष २३ गते, बुधबार ०९:३३

एजेन्सी, इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो।

Kamana Sewa

पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल–असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो।मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही भनेको छैन।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानले बताएको छ

Classic Tech Desktop

गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ।इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ।उसका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाटै प्रहार गरिएका हुन्।

अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन्।इरानको रिभोलुसनरी गार्डस्‌ले पनि उक्त हमलालाई आफ्ना सैन्य जेनेरलको हत्याको बदलाका रूपमा अर्थ्याएको छ।

हामी अमेरिकाको आतङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौँ कि इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ, इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्डस्‌को एउटा वक्तव्यमा उल्लेख छ।

सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो।अल असदमा भएको पहिलो आक्रमणको क‍ेही समयपछि एरबिलमा आक्रमण भएको अल९मयदीन टीभीले बताएको छ।इराकमा अमेरिकाका ५,००० सैनिक रहेका छन् ।

प्रतिकृया