• १९ भदौ २०८३, शुक्रबार
  • १२ः०१ राती

रेडक्रस सोसाईटीद्धारा समुदाय स्तरीय आधारभुत प्राथमिक उपचार तालिम संचालन

प्रकाशित मिति

२०७६ पुष २२ गते, मंगलवार ११:४२

भक्तपुर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरमा संचालीत उत्थानशिल नगर प्रवद्र्वन र सहभागीता कार्यक्रमबाट आइतबारदेखि चार दिन प्राथमिक उपचार तालिम संचालन भएको छ । तालिममा मध्यपुर थिमी र भक्तपुर नगरपालिकाका सुकुमबासी , जनजाती, अपाङ्गता भएका व्यक्ती, खुद्रा व्यपारी , दलित, एकल महिलाा तथा ज्यालादारी मजदुर गरी ८ बटा लक्षित समुह सहभागी भएका छन् । तालिम नेपाल रेडक्रस सोसाईटी वालकोट उपशाखामा संचलन भइरहेको छ ।

तालिममा मध्यपुर थिमी नगरपालिका र भत्तपुर नगरपालिकाका २४ जना लक्षीत समुदायका व्यक्तीहरु सहभागी भएका छन ।  शहरी प्रकोपहरुका कारण निम्तिने विपदको असरलाई न्युनीकरण गर्न साथै घाइतेलाई तत्काल उपचार प्रदान गर्न समुदाय स्तरमा नै दक्ष तालिम प्राप्त स्वयंमसेवक उपलव्ध गराउने उद्वेश्यले यस तालिम प्रदान गरीएको हो ।

Kamana Sewa

यस वर्ष मात्र समुदायस्तरीय ६ वटा प्राथमीक उपचार तालिम मार्फत समुदाय स्तरमा १४४ जना दक्ष जनशक्ती उत्पादन भइसकेका छन ।  तालिम प्राप्त जनशक्तिहरुले प्राथमिक उपचारको माध्यमबाट सामान्य घाउचोटमा उपचार देखी , ठुलो रत्तश्राव रोक्ने र विभिन्न विधि मार्फ श्वास प्रश्वास प्रदान गरी ज्यान बचाउने जस्ता प्राथमीक उपचारमा संलग्न भई समुदाय र आप्ना परिवारलाई तत्काल सहयोग प्रदान गरेका छन ।

Classic Tech Desktop

प्रतिकृया